संघीयताको असर अस्पतालमा बढी

लोकप्रिय समाचार/नेपालमा संघियता लागू भएपछि सबै भन्दा बढि समस्या सरकारी अस्पतालमा परेको छ । स्थानिय नागिरकहरुको लागि  सिंहदरबारको अधिकार गाँउ–गाँउमा भने तापनि सरकारी अस्पतालमा पाइँदै गरेको अधिकार समेत खोसिएकोमा नागिरकहरु बिस्तारै आक्रोशित हुन थालेका छन् ।

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा  रहेको पुरानो र एकमात्र अस्पतालमा निःशुल्क पाइने  कुनै पनि औषधीहरु पाइँदैन किनभने यसअघि  दिँदै आएको ७० प्रकारका औषधी अस्पतालबाट निःशुल्क पाइनुका साथै विरामिको लागि आवश्यक औषधी  अस्पातालमा नै पाउने गरिएको भएतापनि अहिले पाइँदैन । 

यसको कारण  प्रदेश सरकार र स्थानिय सरकारको जुहरीका रहेको छ । अस्पतालमा निःशुल्क पाईने औषधीको नामावली समेत हटाइएको छ ।

यस सम्बन्धमा अस्पतालका प्रमुख डाक्टर पोमावती थापासँग नगर सुधार समितिका सचिव कृष्णबहादुर ठकुरीले  नगरबासीले पाईरहेको सुबिधाबाट बञ्चित भएकोमा दुःख व्यक्त गर्दै तत्काल औषधीको विवरण राख्न अनुरोध गर्नु भएको थियो ।

त्यसको जवाफमा डाक्टर थापाले नगरपालिकामा औषधी माग गर्दा प्रदेश सरकारसँग माग्न भन्ने गरेको र प्रदेश सरकारसँग माग गर्दा नगरपालिका मार्फत बजेट दिएकाले नगरपालिकमा औषधी माग्न भन्ने गरेको कारण निःशुल्क दिने औषधी नभएकाले  नागिरकले पाउने निःशुल्क अ‍ौषधीको विवरण समेत नटासेको बताउँदै औषधी नपाईने भएपछि  विवरण टाँस गर्दा नागरिकहरुमा नकारात्मक असर पर्न जाने हुँदा पनि यो विवरण नटाँसिएको हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.