हेलम्बुलाइ स्वास्थ्यको नमुना पालीका बनाउँन अध्यक्ष शेर्पाको अभियान


आर्जुन बहादुर भण्डारी  लोकप्रिय समचार हेलम्बु  सिन्धु पाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाका बर्थिङ सेन्टरहरूमा आज भोली सुत्केरीको चाप बढ्न थालेको छ । बाल तथा मातृ मृत्यु घटाउने लक्ष्यका साथ घरमै हुने सुत्केरीको संख्यालाई कम गर्दै शुन्यमा पु¥याउँदा मृत्युदर संख्या घट्न सक्ने तथ्यका आधारमा  यो अभियान चलाए पछी  पालीकाका बर्थिङ  सेण्टर हरुमा यसरी  चाप बढ्न थालेको हो । आ.व. २०७५÷०७६ कोलागि हेलम्बु गाउँसभाले आफ्नो क्षेत्र भित्रका बर्थिङ सेन्टरहरूमा सुत्केरी हुने महिला हरु लाई नेपाल सरकारले दिने गरेको रू.३०००।– यातायात खर्चमा सत् प्रतिशत थपिदिने नर्णय गरेर  सुबिधामा बृद्धी गरेका कारण पनी चाप बढ्नुको मुख्य कारण रहेको छ , । गाँउपालकिाले   बर्थिङ सेन्टर सम्म जाँदा निशुल्क एम्बुलेन्सकोसमेत ब्यबस्था मिलाएको छ । एम्बुलेन्स सेवा निशुल्क गरेको तथा बर्थिङ सेन्टरहरूमा दक्ष प्रसुतीकर्मिहरूको व्यवस्था गरेका कारण  पनी एका–एक सुत्केरीको संख्या बढ्न थालेको हो । आश्विन ९ गते राती १ः१५ मा इचोक स्वास्थ्य चौकीमा ३ के.जी. को बच्चा जन्माएकी बाटुली नेपाली लार्ई गाउँपालिकाले उपलब्ध गराएको यातायात खर्च तथा जन्म पमाणपत्र प्रदान गर्दै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले घरमै हुने जोखिम युक्त सुत्केरी लाई शुन्यमा झार्दै निकट भविष्यमा हेलम्बु गाउँपालिकालाइ निशुल्क घर सुबिधा दिइने ब्यबस्था गर्न लागेको हुदा  निशुल्क  घर प्रशुती क्षेत्र घोषणा गर्न थप कार्यक्रम ल्याउने बताउनु भयो । बर्थिङ सेन्टरहरूमा आरम स्थल बनाउने, जोखिम युक्त गर्भवतीहरूलाई थप सुबिधा युक्त अस्पतालमा लैजान परेमा निशुल्क एम्बुलेन्सको ब्यबस्था गर्ने तथा नियमित भिडीयो एक्सरे सेवा उपलब्ध गराउने योेजाना सुनाउँदै महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य कर्मि, जनप्रतिनिधिहरू लगायत सबैको सहयोग रहेकोले यो कार्यक्रम सफलता पूर्वक अघी बढ्दै चाँडै लक्षमा पुग्न सकिने समेत अध्यक्ष शेर्पाले बताउनु भयो ।
यसरी गर्भ रहेको चौथो, छेटौं, आठौं, नवौं महिनामा गर्भ जाँच गराएको प्रमाण सहित बर्थिङ सेन्टरमै सुत्केरी भए थप ८०००।– सहित हेलम्बु गा.पा.मा  सुत्केरी महिलाहरूले रू.६८००।– रकम, न्यानो झोला सेट अन्तर्गत आमा र बच्चालाई कपडा  र निशुल्क एम्बुलेन्स जस्ता सेवा पाइरहेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र सिग्देलले बताउनु भयो । यो सुबिधा सँगै हेलम्बु गाँउपालीका स्वास्थ्य बिकाशमा जिल्लाकै पहिलो नमुना गाँउ पालकिा बँन्न लागेको  स्थानीयहरुले बताएका छन ।


, , ,
Lokpriyasamachar@. Powered by Blogger.