चाडवाडमा सुरक्षा बढाउँदै प्रहरी

लोकप्रिय समाचार/नेपालीहरुको महान चाड विजय दशमी तथा शुभदिपावली समयमा हुन सक्ने सम्भाबीत घटनालाई मध्य नजर राख्दै प्रहरीले सुरक्षामा चनाखो अपनाएको  जनाएको छ ।
चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले विषेश सुरक्षा योजना सहित जिल्लाका ८७ स्थानमा ३ सय ७७ जना प्रहरी खटाउने भएको छ । साथै जिल्लाका मुख्य स्थान बन्देउ, कोदारी अरनिको राजमार्ग, चौतारा, नवलपुर, मेलम्ची, बलेफी, जल्बीरे र गुम्बामा रात्री गस्ति खटाइने प्रहरी उपरिक्षक मुकुन्द मरासिनीले बताउनुभयो ।

उहाँले यसका साथै मादक पदार्थ, जुवातास नियन्त्रण र सवारी साधन चेकजाँच गर्ने र नियम बिपरित गर्नेलाइ कार्बाही गर्नका लागी यो अभियानले ठुलो मद्दत गर्ने बताउँनु भएको छ । उहाँले जिल्लाका नागरिकहरुलाई आ–आफनो टोल छर छिमेकमा कुनै पनि खालका होहोल्ला  गर्ने गुण्डागर्दी गर्ने खालका काम हुन लागेको थाहा भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदन समेत आग्रह गर्नुभएको छ । दशैंमा घरेलु मदिरा पनि विक्री वितरण नगर्न नारिकलाई अनुरोध गर्दै विक्रि वितरणलाई नियन्त्रण गर्नेे बताउनु भयो ।
यसैबिच पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दर्ता भएका मुद्धा र फछ्र्यौट भएका मुद्धाका विवरण सार्वजानिक गरेको छ ।
४५ वटा मुद्धादर्ता भएको र २१ वटा मुद्धा फछ्र्यौट भएको जनाएको छ । जिल्ला प्रहरी कार्यलमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताइएको हो । जिल्ला प्रहरी र्कालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बिमलराज कडेलले जिल्लामा कुनैपनि हिंसात्मक गतिविधि हुन नदिनका लागी प्रहरी सचेत रहेको बताउनुभयो । 
विशेषगरी मादक पदार्थ नियन्त्रण, जुवातास नियन्त्रण तथा सवारी चेक जाँचलाई विशेष केन्द्र बनाएर गस्ती परिचालन गरिन लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरीकार्यालयका अनुसार साउन १ गतेदेखि  असोज २१ गतेसम्म अपराध अनुसन्धान शाखातर्फ  जम्मा ४५ मुद्धा दर्ता, २१ वटा फर्छ्यौट भएको जनाइएको थियो जसमा कर्तव्य ज्यान  १, पक्राउ पुरुष (१) अनुसन्धान जारी ज्यान मार्ने उद्योग  ४ (पक्राउ २ फरार ५ जवरजस्ती करणी  ७ (पक्राउ ५ फरार २)  जवरजस्ती करणी उद्योग १ (पक्राउ १  बालयौन दुरुपयोग  २ (पक्राउ ४)   सार्वजनिक शान्ति, नैतिक सुरक्षा, उपद्रव विरुद्ध कसुर ( ८ ( पक्राउ १५)  फैसला कार्यान्वायन ( फरार अभियुक्त पक्राउ )  फौजदारी (८, देवानी १, (५बर्ष १ महिना २ दिन, रु ४२,१८७,– असुल चोरीका मो.सा.पक्राउ ६ पल्सर, ऋद्यश् १, होरो होण्डा प्यासन १  (६ जना मानिस सम्बन्धित वृत्तमा पठाईएको) जानकारी गराइएको छ  ।
त्यस्तै गुण्डागर्दी नियन्त्रण ७ पक्राउ अनुसन्धान जारी रहेको जनाएको छ । महिला तथा बालवालिका सेवा केन्द्रतर्फ हराएका महिला७ फेला परेका  ४ बाँकी ३ जना हराएका बालिका  ३     फेला परेका  १ बाँकी  २ जना आ.व.२०७२।०७३ देखी हालसम्म फलोअप पश्चात फेला परेका महिला  २०, बालक ११, बालिका  ३ गरी जम्मा ३४ जना फेला परेको  समेत सो अबशरमा जानकारी गराइएको थियो । सामुदायिक शाखातर्फ  स्कुल– स्कुलमा प्रहरी कार्यक्रम अनतरगत मा ११२ वटा  बिद्यालयमा ३७० जना द्धारा १२३२८ जना लाइ सुरक्षा  सम्बन्धी  जानकारी दिइएको थियो ।
२५ रोपनी जग्गामा लगाईएको तथा आफै उम्रेका अवैध गाँजा नष्ट गरिनुका साथै  १६९० लिटर    अवैध मदिरा ३७०० के.जी. कच्चा पदार्थ नष्ट  गरिएको जानकारी गराइएको थियो । प्रहरीले १४ वटा स्काभेटर,३६ वटा ट्रिपर, १९ वटा मिनिट्रक, १३वटा ट्रयाक्टर, ३ वटा जे.सि.लाइ नदीजन्य पदार्थ उपर कारवाही गरी  ३८ लाख ३५ हजार जरिवाना गराई राजश्व उठाएको  समेत सो अवसरमा जानकारी गराइएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.