पाँचपोखरीका दुई ठुला मावि एकै ठाउँमा

देवराज सुवेदी/सिन्धुपाल्चोकको सदरमुकाममा रहेको तत्कालिन जिल्ला शिक्षा कार्यालयले बिद्यार्थीको अभाव हुंदा समेत ब्यवस्थापन गर्न नसकेका बिद्यालयहरु स्थानीय तहको संरचना निर्माण भएसंगै पाँचपोखरी थाङपाल गाउँपालिकाले भने शैक्षिक क्षेत्रलाई महत्वका साथ चुस्त बनाउन छाँट देखाएको छ ।
गाउँपालिकाले गत असोज ३ गते पञ्चवर्षीय शैक्षिक कार्ययोजना प्रस्तुत गर्दै पालिकालाई नमुना शैक्षिक केन्द्रको रुपमा बिकास गर्ने योजना अनुरुप  शैक्षिक क्षेत्रलाई महत्वका साथ अगाडि बढाएको छ । गाउँपालिकाको वडा न ४ थाङ्पालकोटमा रहेका दुई ठुला माध्यमिक बिधालय चिलाउने मा बि र रैथानेश्वरी मा. बि मात्र १५ मिन्ेटको दुरीमा रहेकाले तत्काल एकीकरण गरी भूगोल, इतिहास र सस्कृती सुहाउँदो नामाकरण सहित बिद्यालय नियमित संचालन गरीने गाउँकार्यपालिकाले आइतबार निर्णय गरेको छ ।
बिद्यार्थी सङख्या नभएका पालिका भित्रका अन्य बिधालयहरु पनि क्रमिक रुपमा नजिकको बिद्यालयमा गाभिने भएको छ । गाउँपालिकाले शैक्षिक क्षेत्रमा बेकामे भएका शिक्षक र बिद्यालय हरु एकीकरण गर्दा शिक्षामा गुणात्मक परिवर्तन आउने अपेक्षा गरेको छ । पालिकाले भौगोलिक, सास्कृतिक र समय अनुकुल शैक्षिक केन्द्र निर्माणको लागि शैक्षिक सुधारमा लागि परेको गाउँपालिका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो ।
गाउँपालिकाले पहिलोपटक बिद्यालय एकीकरणको लागि वडा नं ४ का अध्यक्ष राम बहादुर थोकरको अध्यक्षतामा समिति निर्माण गरेको छ । बैठकमा सबै बिधालयका प्रधानाध्यापक तथा शिक्षाप्रेमी र बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । गाउँपालिका भित्र हाल १० वटा माध्यामिक, २३ वटा आधारभुत र एउटा संस्थागत बिद्यालय संचालित रहेको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.