ट्रान्सपरेन्सीको निजिआवास अवलोकन सम्पन्न


 लोकप्रिय समचार भुकम्पपछि बनेका संरचना तथा यसको प्रयाप्तता र उपयोगितालाई आधार मानेर ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा संचालित भूकम्पपछिको पुननिमार्ण र पुनस्थापनामा सदाचार कार्यक्रम अन्र्तगत नागरिकहरुले बनाएका निजि आवास अवलोकन कार्यक्रम इन्द्रावति गाउँपालिका ३ थापा गाउँमा सम्पन्न भएको छ ।

नागरिकहरुले भूकम्पमा आफ्नो संरचना गुमाएपछि नेपाल सरकारले अनुदान स्वरुप रु ३ लाख तिन वटा फरक फरक किस्तामा उपलब्ध गराएको छ । तर नागरिकहरुले उक्त रकम प्रयाप्त नभएको गुनासो गरे पनि आफ्नो क्षमता अनुसार घर निर्माण गरेका छन् । अधिकांश बनेका घरहरु विगतमा बनेका घर भन्दा क्षेत्रफलका हिसाबले निकै कम छ । यस्ता घरहरु नागरिकका आफुनो परिवार संख्या तथा उपयोगिताको आधारमा पनि यस्ता घरहरु सहज छैनन् । त्यसैले अबका केहि वर्षमा नै नागरिकहरुले आफ्ना लागि अर्काे छुट्टै घर बनाउने र जुन भुकम्प प्रतिरोधि नहुने आशंका बढेर गएको छ ।
उक्त अवलोकन कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख बालकुमारी सापकोटा, वडाध्यक्ष देव प्रसाद बानियाँ, सदस्य खगेन्द्र थापा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि टेकनाथ गुरागाई, जिल्ला आयोजना कार्यन्वयन ईकाइ(भवन) का प्रतिनिधि राकेश देव, गै.स.स. महासंघ प्रतिनिधि सोम सापकोटा, जिल्ला आयोजना कार्यन्वयन ईकाइ(भवन)का इन्जिनीयर विक्रम रावत, अ.स इन्जिनीयर राजकुमार पौडेल तथा टि.आई नेपालका जिल्ला अधिकृत उमेश विश्वकर्मा लगायतको टोलीले यो कार्य सम्पन्न गरेका हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.