‘मैले जति विकास र बजेट कसैले ल्याएको छैन’

पुर्ब सुचना तथा सञ्चारमन्त्री महोनबहादुर बसनेतले आफुसूचना तथा सञ्चारमन्त्री हुँदा जिल्लामा करोडौं बजेट ल्याएको स्मरण गर्दै ‘कम्युनिष्ट नेताको कुरा मात्रै हो म काम गरेर देखाउने मानिस हुँ भन्नु भएको छ ।’ उँहाले भद्रकाली माध्यमिक बिद्यालयमा नेपाल बिद्यार्थी सघंले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा बोल्दै यस्तो बताउँनुभएको हो ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले स्वास्थ्य चौकी बनाउन तीन करोड र बाह्रबिसे–मानेश्वाँरा–घुम्थाङ–भैरवकुण्ड सडकको स्तरोन्नतिका लागि २८ करोड बजेट पारेको, घुडे गाउँ मा शिशिखर्क बाट पानी लिफ्ट सिस्टम बाट तानेर खुवाएको कुरा सहभागीलाई स्मरण गराउँनु भएको थियो । 
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जिल्लाको समग्र विकासका लागि पार्टीले केही गर्न बाँकी नराख्ने बताउँनु भयो उँहाले ‘हाम्रो पार्टी सिन्धुको विकास र समृद्धिमा लाग्नेछ,’ कार्यक्रममा संक्षिप्त मन्तब्य राख्दै ‘मोहन बस्नेतजस्तो जुझारु नेता हामीमाझ हुनुहुन्छ समस्या पर्दा आउँनुस् ।’
सोही विद्यालयका पूर्वविद्यार्थी तथा  नेका का नेता युधीर पौडेलले एडिबि ले बनाउन लागेको भबन को लागि वडा कार्यलय , नगरपालिका ले जग्गा उपलब्ध गराओस यदि सक्दैन भने हामी सक्दैनौं भनेर निर्णय गरोस हामी कांग्रेस ले पैसा उठाएर जग्गा किनिदिने व्यवस्था गर्छाै भन्नु भयो । इकाइ सभापति सन्तोष थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेविसंघ अरनिको कलेज इकाइ सभापति युधीना पौडेलले भद्रकालीमा अध्ययनरत कक्षा एकदेखि १० का प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नु भएको थियो ।
साँस्कृतिक कार्यक्रमको नृत्य विधामा प्रथम, द्वितीय र तृतीय हुने शारदा मावि, नेपाल राष्ट्रिय मावि र क्षेमादेवी माविलाई क्रमशः १०, ५ र ३ हजार नगदसहित पुरस्कृत गरिएको थियो । 


,
Lokpriyasamachar@. Powered by Blogger.