डा.शर्माको घोषणाप्रति पूर्व उपप्रधानमन्त्री गच्छदारद्वारा मञ्चबाटै स्वागत





बिराटनगर, २८ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्नका लागि गरिने मिस्टर एण्ड मिस थारु आईकनलाई देशब्यापी रुपमा सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेका छन् ।  

       डा.शर्माले थारु आईकनमा सहभागि मध्ये एक जनालाई स्टाफनर्स निःशुल्क पढाईदिने यसअघि नै घोषणा गरिसकेका छन् ।  
       यसैवीच डा.शर्माको यो घोषणालाई पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले स्वागत र समर्थन जनाएका छन् । कार्यक्रममा बोल्दै गच्छदारले भने ‘थारु समुदायका लागि डा.सुनिल शर्माले गरेको यो घोषणा स्वागत र सम्मान योग्य छ ।’ संबोधनका क्रममा पटक–पटक डा.शर्माको नाम उच्चारण गर्दै नेता गच्छदारले डा.शर्माको घोषणाको खुलेर प्रशंसा गरेका थिए ।


१ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ सञ्चालनका लागि मुख्य प्रायोजकका रुपमा सहयोग गरेका डा.शर्माले थारु आईकन फाईनल कार्यक्रमका अवसरमा यस्तो घोषणा गरेका हुन् ।        ‘हिन्दी फिल्मका चर्चित नायक नायिका भन्दा कम छैनन् थारु युवा युवतीहरु’ प्रतिष्प्रधिहरुप्रति लक्षित गर्दै डा.शर्माले भने ‘देशभरका गाउँ–गाउँमा ओझेल परेका यस्ता प्रतिभालाई उजागर गर्ने काममा सहयोग गर्न तयार छु ।’


, ,
Lokpriyasamachar@. Powered by Blogger.