खादा निषेध गरिएकोमा ध्यानाकर्षण

लोकप्रिय समाचार/खादा जस्तो पवित्र वस्तुलाई निषेध गरेकोमा आदिवासी जनजातीको ध्यानाकर्षण भएको छ । सुनकोशी गाउँपालिका वडा नं. १ का अध्यक्ष नेत्रबहादुर कार्कीले सार्वजनिक कार्यक्रममा खादा प्रयोग गर्न नपाउने भनेपछि जनजातीको ध्यानाकर्षण भएको हो ।


यसै विषयलाई लिएर आदिवासी जनजाती संघ, संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ती समेत जारी गरेको छ ।

नेपाल तामाङ घेदुङका अध्यक्ष सोमबले तामाङ, सिन्धुपाल्चोक जिल्ला नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष नुर्पु शेर्पा, नेपाल तामाङ घेदुङका अध्यक्ष  रेशम स्याङ्वो, नेपाल शेर्पा संघका उपाध्यक्ष  लान्जुम शेर्पा, जिरेल संघ नेपालका अध्यक्ष ताराबहादुर जिरेल, तमु ह्युल छोज घिं गुरुङ राष्ट्रिय परिषद्का संगठन सचिव नवराज गुरुङ, ह्योल्मो सेवा समाजका अध्यक्ष पेम्बा ह्योल्मो, नेपाल थामी समाजका अध्यक्ष सरण थामी, योल्मो काग्र्यु साङ्ङाग लाछोगका अध्यक्ष दोर्जे लामा, नेपाल माझी उत्थान संघका अध्यक्ष बलबहादुर माझी, दनुवार जागरण समितिका अध्यक्ष रामभक्त दनुवार, नेपाल मगर संघका अध्यक्ष देवीबहादुर मगरद्वारा संयुक्त हस्ताक्षर गरी विज्ञप्ती जारी गरिएको हो ।

प्रष्ट बुझिने भाषामा खादा निषेधको निर्णय फिर्ता नलिएको वडाध्यक्ष नेत्रबहादुर कार्कीलाई विज्ञप्तीद्वारा स्मरण गराइएको छ । विज्ञप्तीमा कार्कीलाई सो निर्णय पूर्ण रुपमा फिर्ता लिन समेत आग्रह गरिएको छ ।     

,
Lokpriyasamachar@. Powered by Blogger.