बाँच्नका लागी खानेकी खानका लागी बाँच्नेपरिचत भएर काम गर्न पर्ने ,प्रमुख अमानसिंह तामाङ्ग

आफु   रहे मात्र श्रीमान छोरा छोरी र धन सम्पती रहने  हुँदा बिशेष गरि महीलाआमाहरुले  आफु रहनका लागी आफनो स्वास्थ्य  परिक्षण   गरिरहन पर्ने चौतारा साँगाचोकगढी नगरपालीकाका

प्रमुख अमानसिंह तामाङ्गले बताउँनु भएको छ ।
उँहाले  बाँच्नका लागी खानेकी खानका लागी बाँच्ने भन्ने कुरामा आफु परिचत भएर काम गर्न पर्ने बताउँदै खानका लागी बाँच्नेहरुलाइ बिभिन्न रोग लाग्ने गरेको र बाँच्नकालागी खानेहरुलाइ भने कम रोग लागने गरेको उदाहरण दिदै खानका लागी बँच्नेहरुले मिठो मिठो खाना खोज्ने अनी काम नगर्ने हुँदा  चााडै रोगले आक्रमण गर्ने र बाँच्नका लागी खानेहरुले प्राय काम गरेर खाने हुदाँ र गाँउमा नै उत्पादन गरेका खादान्न प्रयोग गर्ने हुँदा कम रोग लाग्ने गरेको बताउँदै पाठेघरको क्यान्सर र स्तन क्यान्सर भयो भने महिलाहरु अती
कम्जोरी हुने भएकाले  यसको परिक्षण गरेर स्वस्थ रहुन भन्नका  ला नगर पालीकाले थाहा फाउण्डेशनंंंं र बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाइ आग्रह गरे पछी नगरपालीकाको आग्रहलाइ स्वीकार गरेर शिबीर स.ञ्चालन गरेकोमा धन्यबाद दिदै नगरपालकिालाइ समृद्ध नगर निर्माण गर्नका लागी नगरका सबै नागरिक समृद्ध हुन पर्ने र त्यसका लागी सबै स्वस्थ रहन पर्ने भएकाले पनी यो कार्यक्रम अपीहायृ भएको बताउँनु भयो ।
कार्यक्रममा निमीक्त प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले  आफनो परिबारमा पनी क्यान्सर पिडीत बिरामी रहेको र बिरामी उपचार पछी ठिक भएको  बताउादै रोगलाइ लुकाएर रुाखन नहुने बताउँनु भयो ।
उप प्रमुख जानुका पराजुलीले  सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगर पालीकामा बिपी मेमोरियल क्यानसर अस्पताल चितवनदेखी चिकीत्सकहरु सँग सम्मन्वय गरेर थाहा फाउण्डेशनका अ ध्यक्ष  सरु दाहाल अधिकारीले  यसरी शिबरि  संञ्चालन गर्न सहयोग गरेर नगरपालीकालाइ बिर्सनै नसकने गुण लगाएको बताउँदै  यसमा सहयोग गर्ने सबैलाइ बिशेष धन्यबाद दिनु भयो ।
बिपी मेमोरियल अस्पतालका क्यानसर रोग बिषेसज्ञ डा किशोर प्रधानाङ्गले क्यान्सर रोगको लषण र प्रथमिक उपचारका बारेमा प्रकाश पार्दै   आफुले सिन्धुपाल्चोक जिल्लामा आउँदाको समयमा  क्यान्सर रोगको परिक्षण तथा क्यान्सर रोगको उपचारका बारेमा गर्न सकिने प्ररम्भीक उपचारका बारेमा सिकाइरहेको र सिकाइ रहने बताउँनु भयो ।
थाहा फाउण्डेशनका अध्यक्ष सरु दाहाल अधिकारीले आफु पनी क्यान्सर पिडत भउको शुरुमा रोग बारे अरुलाइ जानकारी गराउँदा  समसयामा परिने होकी भन्ने डर लागे ता पनी परिक्षण गरेर उपचार गरे पछी आफुलाइ यस्ता हज्जारौ महीला दिदी बहीनीहरको  सेवा गर्नका लागी प्ररेणा मिलेको बताउँदेै आगामी दिनहरुमा पनी यस्ता सहयोग गर्न आफुहरु तैयार रहेको बताउँनु भयो । 
५ नं वडाका वडाअध्यक्ष नरमान श्रेष्ठले सभापतित्वकोआसनबाट बोल्देै  चितवन देख िडाक्टरहरु आएर चौतारामा यसरी निशुल्क रोग परिक्षण गर्न सहयोग गरेकोमा सबै समुहलाइ धन्यबाद दिदै  आगामी दिनमा पनी सयोगका आशा राखनु भयो ।
५वडाकार्यलयमा भएको कार्यक्रमको संञ्चालन चोैतारा साँगाचोक गढी नगरपालीकाका स्वास्थ्य बिभागका शिब पुरीले गर्नु भएको थियोे  भने स्वागत मन्तब्य वडा सदस्य तथा कार्यपालीका सदस्य  तथा वडा महीला सदस्य रोजीना घतानीले राख्नु भएको थियो ।
चौतारा साँगाचोकगढी नगरपालीका वडा नं ५को वडा कार्यलयमा भएको शिबीरमा यो समचार तैयार पार्दा सम्म  निमीक्त प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे उप प्रमुख जानुका पराजुली महीला सञ्जाल नगर समितीका अध्यक्ष  मिना नेपाल सचिब तारादेब िराना लगाएत २५१ महीलाहरुले  पाठेघर तथा स्तन क्यान्सर रोगको परिक्षण गरेका थिए ।
बिपी मेमोरियल क्यान्सर अस्पतालका  क्यान्सर रोकथाम बिशेषज्ञ किशार कुमार प्रधानङ्ग आमासार र स्तन क्यान्सर बिशेषज्ञ डा  सुनिल ढकाल क्यानसर परिक्षण शाखाका  सिनियर सिस्टर  हरु मन्जु शर्मा र तारा दबाडी र सहयोगी कल्पना न्यौपानेले रोगको परिक्षण   गर्नका लागी  लागी पर्नु भएको छ
  भने चौतारा साँगाचोक गढी वडा नं ५का महीला स्वास्थ्य स्वयम सेबीकाहरु वडाका कर्मचारीहरु लगाएतको बिशेष सक्रियता रहेको छ ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.