ठोकर्पामा अध्ययन केन्द्र खोल्ने तयारी

राम केसी/सामुदायिक वनको जननीले परिचित सिन्धुपाल्चोकको सुनकोशी गाउपालीकाको ठोकर्पामा सामुदायिक वन अध्ययन केन्द्रको निर्माण कार्यको थालनी सुरु भएको छ ।
सामुदायिक वन सम्वन्धमा अध्ययन अनुसंधान गर्ने उदेश्यले सुरु योजना तथा विस्तृत परियोजना प्रतिवेदन समेत तयार भइ सकेकोले अध्ययन केन्द्रको निर्माण कार्यको थालनी सुरु भएको हो । अध्ययन केन्द्र निर्माणको लागि साविक ठोकर्पा गाविस हाल सुनकोशी गापा १ को ठोकर्पा स्थित रतुवापाटी वाजथलो सामुदायिक वनको ४० रोपनी जग्गा उपलव्ध भएको छ । गत आर्थिक वर्षमा विनियोजित रु ३० लाख वजेट वाट तारवार लगाउने काम सकिएको छ ।
ठोकर्पाको सामुदायिक वन विश्वकै पहिलो अवधारणको रुपमा रहेको छ । नेपाल सरकारले २०७४ पुस २१ गते मन्त्रीस्तरको निर्णयवाट ठोकर्पामा सामुदायिक वन अन्तर्राष्ट्रिय स्तरको अध्ययन केन्द्र वनाउने निर्णय गरेको थियो । तर पछि अन्तर्राष्ट्रिय शव्दलाइ हटाएर सामुदायिक वन अध्ययन केन्द्र नेपाल नामाकरण गरिएको छ ।
विस्तृत परियोजना प्रतिवेदन अनुसार कुल ३९ करोड ७० लाख वजेट लगानी हुनेछ । दुइ हेक्टर जमिनमा निर्माण गरिने अध्ययन केन्द्रमा प्रशासनिक भवन, सभा भवन, पुस्तकालय, चमेनागृह, छात्रावास भवन, कर्मचारी आवास गृह, तालिम भवन, भण्डार गृह, पाकीङ स्थल लगायत १५ वटा भवन निर्माण गरिनेछ ।
उक्त केन्द्रमा अन्तर्राष्ट्रिय स्तरका अध्ययनकर्ता, विश्व विधालय, महाविधालयका छात्रछात्रा, वैज्ञानिक तथा सामान्य अवलोकनकर्ता सवैका लागि सेवा सुविधा उपलव्ध हुनेछ ।
कुल वजेट मध्ये चौतारा स्थित पातलेपानीमा तालिम भवनको लागि रु दुइ करोड छुट्याइएको छ । सो तालिम केन्द्रमा विगत चार दशक देखि वन सम्वन्धी तालिम संचालन हुदै आएको छ । त्यसका साथै जिल्लाको पश्चिम क्षेत्रमा पर्ने वाँसखर्कमा पनि एक तालिम भवन र काठमाडौंमा सम्पर्क कार्यालय खाल्ने योजना रहेको छ । तर ती दुवै स्थानमा वनाइने भवनको लागि वजेट समावेश नभएको सिन्धुपाल्चोकका डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत राजु क्षेत्रीले वताउनु भयो । उहाँका अनुसार अरनिको राजमार्ग स्थित सुकुटेमा सम्पर्क कार्यालयको समेत स्थापना भइरहेको छ ।
अध्ययन केन्द्रको दैनिक प्रशासनिक काम संचालन गर्न संधीय सरकार वाट उपसचिव सहित १४ जना कर्मचारीको दरवन्दी समेत स्वीकृत भइरहेको वन विभागको सामुदायिक वन हेर्ने उपसचिव प्रकाश लम्सालले जानकारी दिनु भयो ।
अध्ययन केन्द्रको लागि चालु आ.व. ०७२÷७६ मा केन्द््र मार्फत खर्च गर्ने गरि रु ८० लाख वजेट विनियोजन भएको छ । सो वजेट जिल्लाको वन डिभिजन कार्यालयको समन्वयमा खर्च गरिने हुदा प्राथमिकताका आधारमा कार्य सूची तयार भएर आएपछि मात्र काम अगाडी वढाइने उपसचिव लम्सालले वताउनु भयो ।
“सामुदायिक वन सुरु गरेको लामो समय पछि आफ्नै गाउँमा अध्ययन केन्द्र वनाइनु गौरवको कुरा होर्, वडाध्यक्ष नेत्र कार्कीले भन्नु भयो, ‘वन विषयमा अध्ययन गर्ने सवैले यहाँ वाट ज्ञान हासील गर्ने सक्षम हुनेछन् ।”
ठोकर्पाका तत्कालिन प्रथान पञ्चनील प्रसाद भण्डारीको सक्रियतामा २०३० सालमा ८ कोष टाढा रहेको चौताराको पातलेपानी वन नर्सरीवाट गाउँलेहरुले डोकोमा विरुवा वोकेर नाङगो पाखामा वृक्षारोपण गरेका थिए । फागुन चौत महिनामा रोपिएका ती विरुवाहरु जोगाउन गाउलेहरुलेनै ३ किलो मिटर टाढा देखि गाग्री र टीनमा पानी वोकेर सिंचित गरि हुर्काउनुका साथै संरक्षण समेत गरेका थिए ।
तत्कालिन श्री ५ को सरकारले २०३० साउन २५ गते त्यँहाको वनको संरक्षण गर्ने जिम्मेवारी परीक्षणको रुपमा २१ वर्षको लागि तत्कालिन ठोकर्पा गाउपंचायतलाइ प्रदान गरेको थियो । नेपाल सरकारले २०७३÷२÷१८ को निर्णय अनुसार सामुदायिक वन विकास कार्यक्रमको जन्मस्थल वा उद्गमस्थल सिन्धुपाल्चोकको ठोकर्पा र यस्ता अभियान्ता समाजसेवी एवं तत्कालिन प्रधानपंच नीलप्रसाद भण्डारी र चौतारा वन डिभिजन कार्यालयका तत्कालिन प्रमुख वन विज्ञ डा. तेज वहादुर सिंहमहल भएको भनी प्रमाण सहित मान्यता दिएको छ । यसै सन्दर्भमा नेपाल सरकार २०७३÷४÷२५ देखि प्रत्येक वर्षको साउन २५ गतेका दिन सामुदायिक राष्ट्रिय महोत्सव मनाउने धोषणा गरेको छ ।
तत्कालिन समयमा सरकारी वजेट खर्चीएर तारवार तथा पालेको रेखदेखमा पनि सफल रुपमा वन जोगाउन नसकेको परिस्थितिमा भण्डारीले विनातार वार गाउलेको पहलमा वन जोगाउन दुस्प्रयास प्रति वन मंत्रालयका तत्कालिन वन अधिकारीहरु विश्वस्त हुन सकेका थिएन । सोही कारण उनको अवधारणा र आग्रहलाइ सहजरुपमा स्कीकृत नभएपछि धेरै संधर्ष गर्नु परेको थियो । अन्ततः उनको प्रयासले सफलता पाएपछि सामुदायिक वनले साकार रुप लिएको थियो । उनैका प्रयासले  देशमा मात्र नभइ विश्वमै सामुदायिक वनको उद्गमस्थल सिन्धुपाल्चोकको ठोकर्पा हुने सुअवसर प्राप्त भयो । त्यसलाइ मान्यता दिने नेपाल सरकारलाइ ४३ वर्षको लामो समय पर्खनु प¥यो । अन्ततः नील प्रसाद भण्डारी र डा. तेज वहादुर सिंह महत दुइवर्ष अधि ठोकर्पाकै कार्यक्रममा प्रथम अभियन्ताको रुपमा सम्मानित भएका थिए ।
“आफ्नो अथव प्रयासका फलस्वरुप नेपाल सरकारले लामो समय पछि सम्मान गरेकोमा खुसी व्यक्त गर्दै भण्डारीले आफ्नै गाउमा अध्ययन केन्द्र खोलिनु गौरवको कुरा भएको वताउनु भयो ।” जिल्लामा हाल ५२७ सामुदायिक वन समुह गठन भै ३०,००९.४९ हेक्टर वन क्षेत्र ओगटेको छ । त्यसैगरी देशभरी कुल २२ हजार २४४ सामुदायिक वन उपभोक्ता समुह गठन भएका छन् । रासस

,
Lokpriyasamachar@. Powered by Blogger.