सामुदाय,प्रहरी ,साझेदारी कार्यन्वयन सम्झौतामा हस्ताक्षर


नेपाल सरकार गृह मन्त्रालयको निर्णयानुसार नेपालभरमा सामुदाय प्रहरी साझेदारी कार्यक्रमको  अबधारणा  लागु भएको छ । यो अबधारणा कार्यन्वयन गर्न गराउँनका लागी जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले  पनी  कार्य शुरु गरेको छ ।


यसको लागी चौतारा साँगाचोकगढी नगरपालीकामा यो कार्यक्रम लागु गर्न नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्ग र जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनी  बिच साझेदारीपत्रमा  हस्ताक्षर सम्पन्न भएको छ ।  सिन्धुपाल्चोकमा रहेको १२वटा स्थानीय तह मध्य बाँकी ११वटा पालीकाहरुमा क्रमश  समझदारी पत्रमा  हस्ताक्षर गरि  गृह मन्त्रालयको  निर्देर्शीका अनुसार समितीहरु गठन गरि कार्यक्रम अगाडी बढाइने जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बिमलराज कणेलले बताउँनु भयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.