भोटेकोशी कप प्रतियोगिता हुँदै

लोकप्रिय समाचार/ सिन्धुपाल्चोक जिल्लाको भाटेकोशी गाउँपालिकामा भोटकोशी कप प्रतियोगिता  हुने भएको छ ।

भेटेकोशी  गाउँपालिकाको सहयोगमा सिद्धार्थ योङ्ग  स्टार क्लबको आयोजनामा  हुन लागेका उक्त प्रतियोगितामा देश बिदेशका प्रख्यात ए डिभिजन लिग खेल्ने खेलाडीहरुले  प्रतिस्पर्धा गर्ने भएका छन् । भोटेकोशि गाँउपालिका स्तरीय प्रथम भोटेकोशि कप २०७५ असोज २३ गते  देखी ३० गते सम्म सञ्चालन हुने  छ । १७ टीमको सहभमागीता हुने  आयोजक क्लबका अध्यक्ष  नुर्पु  गेन्जेन शेर्पाले बताउँनु भएको छ ।
उहाँका अनुसार प्रथम पुरस्कार ट्रफी सहित ५० हजार, द्वितिय पुरस्कार ट्रफीसहित २५ हजार पुरस्कारको व्यवस्था गरेको छ । पहिलो र दोस्रो मात्र पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
असोज २३ गते दिउँसो २ बजे सिद्धार्थ योङ्ग स्टार क्लव र सेलाङकट्टी युवा क्लव, २४ गते विहान ९ बजे बद्रश युवा क्लव र फ्रेण्डशिप युवा क्लव, दिउँसो १ बजे भैरवकुण्ड युवा क्लव र सिन्धु ११ स्पोर्टस क्लव र ३ बजे राइजिङ स्टार क्लव र सेतीदेवी युवा क्लवबीच  प्रतिष्पर्धा हुने भएको छ ।
त्यस्तै २५ गते विहान ९ बजे न्यू जेनेरेशन क्लव र सेतीदेवी क्लव (चाकु), दिउँसो १ बजे धारापानी सिर्जनशिल युवा क्लव र मितेरी युवा क्लव, दिउँसो ३ बजे कोकरसिंग युवा क्लव र २६ गते विहान ११ बजे कुदुङ फुटवल क्लव र नम्बर चुङ्ग भुमे युथ क्लव, दिउँसो २ बजे हिमालयन प्रगतिशिल क्लव र उग्रचण्डी युवा क्लव बीच प्रतिष्पर्धा हुनेछ ।       

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.