बलात्कार प्रयास आरोपमा शिक्षक पक्राउ

लोकप्रिय समाचार/सिन्धुपाल्चोक जिल्लाको सुकुटे मा.वि.सुकुटे स्थित कक्षा ४ मा अध्ययनरत १० वर्षिया बालिकामाथि बलात्कारको प्रयास गरेको  आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहा नवराजपुर गाउपालिका घर भई उक्त बिद्यालयमै पढाउदै आएका शिक्षक भोगेन्द्र प्रसाद यादब रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक विमल राज कणेलले जानकारी दिनुभयो ।कणेलका अनुसार बिहीबार साँझ वालिकालाई बलात्कार प्रयास गरेका थिए ।
 लगत्तै उनलाई बिहीबारैै उजुरीका आधारमा पक्राउ गरी शुक्रबार जवरजस्ति करणी प्रयासमा मुद्धा दर्ता गरीएको छ यसै बिच  बलेफी गाँउपालीका वडा नं ३का हिरालाल तामाङ्ग माइला तामाङ्ग सुर्यबहादुर तामाङ्ग प्रमाण तामाङ्ग र ज्ञानबहादुर तामाङ्गलाई धारिलो हतीयार र फलामको रड सहित पक्राउ गरिएको छ । सोही गाँउपालकिाको सोही वडाका नन्दलाल तामाङ्ग साग लेनदेनको बिषयलाइ लिएर  हतीयार सहित गुण्डागर्दी  गरेको  जानकारी प्राप्त हुन साथ जल्बीरे प्रहरीको टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यलयमा ल्याइएको र आबश्यक अनुसन्धानका लागी १० दिनको म्याद थप गरी हिरासतमा लिइएको समेत कर्णेलले जानकारी दिनु भयो उँहाका अनुसार भोटेकोशि नदिले बगाउदा  एक जना बेपत्ता भएका छन् ।
खबर प्राप्त हुन साथ  प्रहरी सहायक निरीक्षकको कमान्डमा ५ जनाको टोलिले खोजि कार्य जारी राखेपनि  यो समचार तैयारी गर्दा सम्म फेला भने पार्न सकिएको छैन । पछिल्लो समयमा प्रहरीले जिल्लाका कुनै पनी स्थानमा कुनै पनी अपराधका घटनाहरु घट्नै नदीने र घटी हाले पनी तत्काल नियन्त्रणमा लिनका लागी  आबश्यक प्रहरी परिचालन गर्ने गरेको छ । समयसमयमा हुने गस्ती र सिबील प्रहरी परिचालनले पनी जिल्लाबासीले सुरक्षाका अनुभुती गरिरहेका छन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.