जँहा नागरिक रहन्छन त्यहाँ प्रहरीको आबश्यकता रहन्छ नायब महानिरिक्षक थापा

नेत्रबहादुर बस्नेत    लोकप्रियसमचार जँहा अपारिधक घटना घट्छ त्यँहाका नागरिकले सहयोग गरेको खण्डमा अपराधी पक्रन केही समय पनी  नलाग्ने  प्रहरी नायब महानिरिक्षक दिपक कुमार थापाले बताउँनु भएको छ ।

उँहाले ३ नं प्रदेश अन्तरगत सिन्धुपाल्चोक जिल्ला को चौतारा सँँगाचोक गढी नगरपालीका वडा नं ८मा निर्मीत नयाँ प्रहरी भबनको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।
उाहाले अपराधीक घटना भएको स्थानमा समाजले देखेर पनी  समाजको सहयोग भएन भने  अपराधरी पक्रनका लागी केही समय लाग्छ तर बास्तबीक अपराधी जो भए पनी उम्कन सक्तैन  ढिलो चाँडो प्रहरीले पक्रेर कानुनी कार्बहीको दायरामा ल्याएँछ भन्नु भयो । उँहाले प्रहरी नागरिकका सेबक हुन जँहा नागरिक रहन्छन त्यहाँ प्रहरीको आबश्यकता रहन्छ भन्नु हुँदै  प्रहरीले काम गर्दै जाँदा कँही कतै अनजानमा गल्ती पनी हुन सक्छ त्यसलाइ सच्याएर काम गर्न पर्ने बताउँनु भयो  जम्मा एक करोड चौध लाख नब्बे हजार चौध रुपैयाको लागतमा बनेको नँया भबनको उद्धघाटन कार्य क्रममा बोल्दै उँहाले सिन्धुपाल्चोक जिल्लाका प्रशाशन प्रहरी तथा जनप्रतिनिधी सबैले  प्रहरीको अभियानमा सहयोग गरेको र प्रहरी चौकी निर्माण गर्न जग्गा  उपलब्ध गराएर भबन निर्माणमा  सहयोग गरेकोमा जग्गा दाता तथा निर्माण प्रकृयामा सहयोग गर्नेहरुलाइ बिशेष धन्यबाद समेत दिनु भयो ।
कार्यक्रममा बोल्दै  प्रहरी नायब उपरिक्षक इन्जीनियर  अनील राणाले २०७४साल बैशाख २९ गते  भबन निर्माणको लागी सम्झौता भएर निर्माण सम्पन्न भएको जजानकारी गराउँदे यस भवा ािर्मणका लागी स्थानीयहरको ठुलो सहयोग रहेको बताउँनु भयो । प्रमुख जिल्ला अधिकारी  कृष्ण प्रसाद अधिकारीले जिल्लामा प्रहरी संङ्गगठनले गरेका काम का बारेमा प्रशंशा गर्दैै सिन्धुपाल्चोकलाइ शान्ती सुरक्षा कायम राखी राख्न सबैे लागी पर्नु पर्ने बताउँनु भयो ।
जिल्ला  प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरिक्षक  मुकुन्द मरासिनीले स्वागत मन्तब्य राख्दै प्रहरीको संङ्गठनका बारेमा र जिल्लामा भएका प्रहरी गतिबिधी का बारेमा  प्रकाश पार्नु भएको थियो ।
प्रहरी निक्षिक  हरिकृष्ण के.सीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा जग्गा दाता पेक्ची तामाङ्ग र जग्गा  तथा भवन निर्माणमा बिशेष सहयोग गर्नु हुने चुडामणी पराजुलीलाइ र निर्माण कम्पनी का बिकाश श्रेष्ठलाइ बिशेष सम्मान गरिएको  थियो ।
कार्यक्रमको समापन गर्दै सघीय प्रहरी इकाइ कार्यलय बागमतीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक सौरभ राणाले  सबैलाइ धन्यबाद दिदै  नागरिकको  सक्रीयसहयोगका कारण  शान्ती सुरक्षमा  प्रहरीले सफलता पाएको बताउँनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यल सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक बिमलराज कणेल प्रहरी अधिकृतहरु ,चौतारा साँगाचोक गढी नगर पालीकाका प्रमुख अमान सिंह तामाङ्ग वडाअध्यक्ष्यहरु तिर्थ बहादुर श्रेष्ठ , उमा प्रसाद दुलाल लगाएतका बिशिष्ठ बयक्तीहरुको उपस्थितीमा भवन उद्धघाटन कार्यक्रम सम्पन्न भएको  थियो ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.