साँगाचोकमा निशुल्क महीला स्वास्थ्य शिबीर

आफु रहे सन्सार रहने  छ । संसार रहे मात्र सम्पती  परिबार र साथी भाइ रहन्छन । त्यसैले आफु रहनका लागी पहिलो पाइला भनेकै स्वास्थ्य हो त्यसैले पहिलो पाइला चाल्नको लागी  स्वास्थ्य परिक्षण गरेर  आफु स्वस्थ्य रहनु हो त्यसैले स्वास्थ्य परिक्षणमा कसैले पनी  कन्जुस्याइ गर्न नहुने चौतारा साँगाचोक गढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्गले बताउँनु भएको छ   ।

  उँहाले चौतारा साँगाचोक गढी नगरपालीका वडा नं १२मा आयोजित निशुल्क स्वास्थ्य शिबीरको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।
खाश गरीकन महीलाहरुको रोग अरुहरुको भन्दा जोखिम हुने भएकाले महीलाहरुले पनी आफुलाइ लागेको रोगका बारेमा समयमानै परिक्षण गरेर औषधी सेबन गरेमा त्यसबाट हुन सक्ने क्षेती बाट रोक्न सकिने भएकाले  यस तर्फ सबैले ध्यान पुर्याउँन पर्ने बताउँनु भयो । उँहाले गाँउघरका महिलाहरु  यो काम गर्न पर्ने त्यो काम गर्न बिती सक्यो भनेर रोग परिषण गर्न बिस्तारै जाउँला भनेर रोगलाइ पालेर बस्ने गरेका  छन सम्पती कमाएर   मात्र के गर्ने शरिर छैन भने सम्पतकिो कुनै अर्थ हुदैन त्यसैले शरिरको पहिलो उपचार गर्न पर्ने बताउँनु भयो ।
कार्यक्रममा उप प्रमुख जानुका पराजुलीले महीलाहरु खाश गरी  ग्रामीण क्षेत्रका महीलाहरुले आफुलाइ लागेको रोगले बढी नच्यापे सम्म  डाक्टरकँहा नजाने बढी देखएिकोले  सबैलाइ पायक  पर्ने स्थान साँगाचोक र चौतारामा निशुल्क शिबीरको ब्यबस्था गरेको बताउँनु भयो । उँहाले  बर्तमान परिस्थीतीमा  स्थानीय तहमा बढी जिम्मेवारी  भएको  र स्थानीय सरकारले पनी आफना नगरपालीकामा कुनै पनी ब्यक्ती   कुनै पनी उपचार गर्न बाट बन्चीत हुन नपरोस भनेर चौतारासाँगाचोक गढी नगरपालीकाले  थाहा फाउण्डेशनलाइ यस बिषयमा सम्मन्वय गरिदिन आग्रह गरिएको ले यो योजनालाइ बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनले स्वीकार गरेर शिबीर संञ्चालनमा सहयोग गरेकोले बिपी मेमोरियल र थाहा पाmउण्डेशनलाइ बिशेष धन्यबाद दिनु भयो ।
श्री जनजागृती माबीका प्रधानध्यापक तथा समाजसेबी पदमप्रसाद पराजुलीले स्वागत मन्तब्य राख्दै साँगाचोकमा आएर बिशेष गरि महीलाहरुको पाठेघर तथा स्तन जस्तामा हुने क्यान्सरबाट धेरै पिडीत भइ रहेको अबस्थामा बिपी मेमोरियल अस्पताल र थाहा फाउण्डेशनले चौतारा साँगाचोकगढी नगरपालीकाको आग्रहलाइ स्वीकार गरेर शिबीर संञ्चालनमा सहयोग गरेकोमा बिशेष धन्यबाद दिदै उपस्थित सबेलाइ धन्यबाद दिनु भयो ।
कार्यक्रममा थाहा फाउण्डेशनका सरु दाहाल (अधिकारी )ले आफ्नो फाउण्डेशनलाइ सिन्धुपाल्चोकको यस्ता गाँउहरमा आएर सेवा पुर्याउँने काममा  सहज गरिदिएकोमा चौतारा साँगाचोकगढी नगरपालकिालाइ बिशृष धन्यबाद दिदै महीलाहरको रोगलाइ बिशेष प्राथमिकता दिनुमा आफु पनी रोगपिडती भएर लामो समय सम्म उपाचर गर्न परेको र धेरै समस्या भोगेको हुँदा यस्तो समस्या अरु महीला दिदी बहिनीले भोगन नपरोस भनेर यस अभियानमा लागेको बताउँनु भयो।  फाउ०डेशनका सदस्य तथा बिपी मेमोरियल क्यानसर अस्पतालका डाक्टर किशोर प्रधानङ्गले बिेशेष गरेर उपाचार गर्दा महङ्गो उपचार गर्न पर्ने महीलाहरुको यो रोगले बिस्तारै सताउँने भएकोले रोगको शुरुमा नै उपचार गर्न  सक्यो भने खाशै अशर गर्न नसक्ने भएकाले यसको लक्षण देख्नासाथ उपचार गर्न आग्रह गर्दै सामान्य जस्तो देखिएता पनी यो समुया एकदम ठुलो भएको बथ्ताउँनु भयो ।
उँहाले सिन्धुपाल्चोकमा आएर शिबीर संञ्चालन गरेर यँहाका नागरिकलाय सेवा दिन पाँउदा खुशी लागेको बताउँदै  यस्ता रोगहरुलाइ समयमा नै उपचार गर्न सहजकर्ताको भुमिका खेल्ने सबेलाइ धन्यबाद दिनु भयो।  महिलाहरुको  स्तन र पाठेघरको क्यान्सर रोगको  पहीचानका लागी  गरिएको निशुल्क स्वास्थ्य परिक्षणको उद्धघाटन नगर प्रमुख अमानसिंह तामाङ्गले  रोग परिक्षणको लागी अ ाबश्यक यन्त्र डाक्टरलाइ दिएर गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन श्री जनजागृती माध्यमिक बिद्यालय साँगाचोक श्रोत केन्द्रका श्रोत ब्यक्ती तथा समाजसेबी खिकादेबी नेपाल पराजुलीले  गर्नु भएको थियो कार्यक्रममा छिमेकी वडाका वडाअध्यक्षहरु ११का शुशिल माझी १३का रामप्रसाद गौतम १४का शेरबहादुर श्रेष्ठ र नगर सुधार समितकिा अध्यक्ष नेत्रबहादुर बस्नेत लगाएत बिशिष्ठ ब्यक्तीहरुको उपस्थिती रहेको थियो भने शिबिरको ब्यबस्थापनमा नगरका स्वास्थ्य शाखाका शिब पुरी लगाएत स्वास्थ्य  केन्द्रका कर्मचारीहरु को बिशेष सकृयता रहेको थियो भने साँगाचोक युवाक्लबले स्वयम सेवकको भुमिका निर्बाह गरेका थिए ।
वडा नं १२का वडाअध्यक्ष  धु्रबराज गिरीको सभापतित्वमा भएका कार्यक्रम पश्चात रोग परिक्षणको शुरु गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालीकाको आयोजना थाहाफाउण्डेशन नेपालको संयोजनमा र बिपीमेमोरियल क्यान्सर अस्पताल चितवनको सहयोगमा  भएको उक्त  शिबिर  १२गते वडा नं १२ साँगाचोक र १३गते वडा नं ५ चौतारामा हुने नगर स्वास्थ्य बिभागका शिब पुरीले जानकारी  दिनु भयो ।   











, , , ,
Lokpriyasamachar@. Powered by Blogger.