मेलम्चीमा नीतिगत सम्वाद कार्यक्रम

लोकप्रिय समाचार/महिला आत्मनिर्भरता केन्द्र मेलम्ची र अक्सफामको साझेदारी तथा मेलम्ची नगरपालिकाको समन्वयमा महिलाको अधिकार र न्यायिक समिति सम्वन्धि नितीगत सम्वाद कार्यक्रम होटेल मेलम्ची रिभर साईड ईनमा एक दिवसिय कार्यक्रम सम्पन्न भएको छ ।

मेलम्ची नगरपालिका, हेलम्वु गाउं पालिका र जुगल गाउंपालिका स्थित न्यायिक समितिका पदाधिकारी, वडाका महिला सदस्यहरु र छलफल केन्द्रका सहजकर्ताहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण अधिवक्ता एवं सर्वोच्च अदालत वार एशोसियसनका कोषाध्यक्ष सरोज घिमिरे र अन्य अधिवक्ताहरु रोषनी पौडेल, खिलनाथ घिमिरेले न्यायिक समितिको काम कर्तव्य, भूमिका, न्यायिक समितिको हालको अवस्था र चुनौतीहरु, महिला अधिकार , कानूनका सर्वोमान्य सिद्धान्तहरु लगायत अन्य नितीहरुको वारेमा सहजीकरण गर्नुभएको थियो ।
यसै अवसरमा सहभागीहरु विच समुदायमा न्यायिक समितिको भूमिका, विद्यमान कानूनी समस्या तथा अन्य समस्या चुनौतीको वारेमा छलफल तथा समिक्षा गरिएको थियो । कार्यक्रमको समापनको अवसरमा सहभागीको तर्फवाट सहजकर्ता गोमा कार्कीले कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको र नयां कानूनी प्रावधानको वारेमा जानकारी पाएकोमा आयोजक संस्था लगायत सवैलाई धन्यवाद व्यक्त गर्दैै कार्यक्रमको मूल्यांकनको वारेमा पनि जानकारी गराउनु भएको थियो ।
विशेष अतिथिको रुपमा वोल्नुहुदैं कृष्ण वहादुर गुरुङले यो कार्यक्रमले न्यायिक समितिलाई थप उर्जा मिलेको र राज्यको नयां नितीगत व्यवस्थाको वारेमा जानकारी पाउनु सवैको अवसर भएकोले यसलाई समुदायस्तरमा पनि सहजीकरण गर्ने भूमिका सवै क्षेत्रवाट लिनुपर्ने कुरामा जोड दिनुभएको कुरा कार्यक्रम संयोजक उमेश नकर्मीले वताउनु भयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.