सुख्खा बन्दरगाहको काम तीव्र गतिमा

राम केसी/सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका अन्तरगत तातोपानीको लार्चामा निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम निर्धारीत समय भन्दा अगाडीनै सम्पन्न हुने सम्भाबना बढेको छ ।
चिनीया ठेकेदार कम्पनीले काममा तिब्रता दिएपछि हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेकोले निर्धारित समय अगाडीनै सम्पन्न हुने सम्भाबना बढेको हो ।

त्यहाँ निर्माण भएका भन्सार, कृषि, पशु, क्वारेन्टाइन, गोदामघर लगायतका भबनहरुको रङ्ग रोगन तथा फिनिसिंगको काम अन्तिम चरणमा पुग्नुका साथै कम्पाउन्ड क्षेत्रको जमिनमा ढलानको कामपनि दशै अगाडीनै सम्पन्न भइसक्ने चिनीया भाषाको नेपाली अनुबादक मिलन शेर्पाले बताउनु भयो । कार्यक्रम अनुसार भोटेकोशी नदीमा ११२ मिटर लामो पक्की पुल समेत बनाउनु पर्ने हुँदा सामान आउनासाथ दशै पछि पुल तथा सडको काम सुरुहुने शेर्पाले बताउनु भयो ।
भुकम्प र बाढीले निर्माणाधिन बन्दगाह ३ बर्ष सम्म बन्द भएको थियो । त्यसलाइ पुनः सुचारु गर्न गएको बैशाख २० गते सन् २०१९ को मे महिना भित्र सम्पन्न गर्ने गरी १४ करोड ७० लाख चिनीया युआन करीब २ अर्ब ३५ करोडमा इन्टरमोडल यातायात ब्यबस्था समिति र चिनिया रेल्वे कन्सट्रक्सन कम्पनी फोर्टिन ब्यूरोसंग शम्झौता भएको थियो ।
बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडक खण्ड पनि सोहि कम्पनिले निर्माण गर्ने भएको छ । सिमा स्थित मितेरी पुल समेत चीन सरकारले बनाउँने हुदा खासा तर्फको पुलको जीपको काम धमाधम भइरहेको बताइएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.