नेविसंघको विरोधमा हट्यो चीनको झण्डा

लोकप्रिय समाचार/ नेपाल र चीनको सीमावर्ती क्षेत्र सिन्धुपाल्चोक जिल्लाका लार्चामा चिन सरकारको सहयोेगमा निर्माणाधीन रहेको सुख्खा बन्दरगाहमा राखिएको चीनको झण्डा हटाइएको छ ।
नेपाल र चीनकोे सीमा भन्दा ७ किलोमिटर वर नेपालको भूभागमा पर्ने क्षेत्रमा चिनको झण्डा राखेको भन्दै नेपाल विद्यार्थी संघ क्षेत्र नं. १ का सभापति हेमन्त श्रेष्ठ लगायतका टोलीले नेपाल सरकारको सुरक्षा निकायलाई जानकारी गराएपछि नेपाल सरकारका सुरक्षा टोलीहरुले उक्त झण्डा निकाल्न लगाएको नेपाल विद्यार्र्थी संघ क्षेत्र नं. १ ले जनाएको छ ।

श्रेष्ठले कुनैपनि मुलुकमा अर्को मुलुकले दूतावास बाहेक अन्यत्र झण्डा राख्न पाउँदैन तर चीनले बन्दरगाहमा झण्डा राख्नुको उद्देश्य हेपाह प्रवृत्ति भएको धारणा राख्नुभयो ।
नेपालको भूमिमा चिनियाँ झण्डा राखिनु राष्ट्रिय अखण्डमाथि प्रहार भएको सभापति श्रेष्ठले बताउनुभयो । श्रेष्ठको नेतृत्वमा गएको टीमले सुख्खा बन्दरगाहबाट चिनियाँ झण्डा तुरुन्त हटाउन जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी कार्यालय, चिनियाँ ठेकेदार कम्पनी, सिआरसीसीका प्रमुखलाई ध्यानाकर्षण गराएको थियो ।
बन्दरगाहमा यसरी आफ्नो  देशको  झण्डा फहराउनु गैरकानुनी मानिन्छ् । कुनै पनि देशले  आफ्नो  झण्डा दुतावास बाहेक अन्यत्र राख्न नपाइने  कानुनी व्यवस्था भएपनि चिनियाँ निर्माण कम्पनीले भने  १५ फिट भन्दा लामो  फलामको  पोलमा झण्डा फहराएपछि आफुहरुले  त्यसको  विरोध गरेको  बताए श्रेष्ठको  नेतृत्व  नेविसघं टोलीले  भन्यो  यो  राष्ट्र माथिको  प्रहार हो  यसरी कुनैपनि स्थानमा झण्डा राख्न पाइदैन् । 
नेविसंघले राष्ट्रको लागि गरेको योगदानको कदर गर्दै नेविसंघको उक्त कदमलाई प्रशासनले धन्यवाद दिएको समेत जनाएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.