पाँच वर्षभित्र वृद्धभत्ता पाँच हजारः मन्त्री विष्ट

देवराज सुवेदी/श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को घोषणापत्रमा भए अनुसारको ५ वर्षभित्र वृद्धा भत्ता ५ हजार पु¥याएरै छाड्ने बताउनुभएको छ ।
हिजो मेलम्चीमा  विजया दशमी, दीपावली, छठ र ल्होछारको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस्तो बताउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक क्षेत्र नं २ ले आयोजना गरेको सो कार्यक्रममा मन्त्री विष्टले नेकपाको  सरकार आएपछि छिमेकी देशहरुसँगको सम्बन्ध राम्रो भएको बताउनुभयो । शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता कुराहरुलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो ।
पूर्वकानुन मन्त्री शेरबहादुर तामाङले वर्तमान सरकार केही गर्रौैैं र अगाडि बढौं भन्दै अगाडि बढिरहेको बताउनुभएको छ ।  उहाँले सरकार अगाडि बढिरहँदा कतिपय सन्र्दभमा सरकार र पार्टिलाई आक्षेप लगाउने काम भइरहेको बताउनुभयो । उहाँले नेकपाका कार्यकर्ताहरु जुनसुकै ठाउँमा गएर पनि शिर ठाडो बनाएर अन्र्तक्रिया गर्न सक्ने वातावरण पार्टिले गर्नपर्ने बताउनुभयो । उहाँले मेलम्ची जिरोकिलो जोड्ने बाटो यहि बर्षभित्र पिच हुने काम भइरहेको र गाउँ गाउँका शाखा बाटोमा पनि मर्मत संभारको काम भइरहेको बताउनुभयो ।
प्रदेश नम्बर ३ का  सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले प्रदेश सरकारलाईआवश्यक कानुन निर्माणको काम  सम्पन्न भइसकेको र अब चाडपर्व सकिने वित्तिकै सार्वजनिक गरिने बताउनुभयो । उहाँले सकारात्मक सोचले अगाडि बढ्न सकेमात्र देशको विकास हुने बताउनुभयो । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटा, झम्क नेपाल, डम्बर अर्याल, बालकृष्ण, मित्रलाल चौलागाई लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.