फरार प्रतिबादी पक्राउ


जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले  फरार रहेका  अभिषेक तामाङ्गलाइ पक्राउ गरि अदालतमा बुझाएको छ ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  सोमबार मिति११ बजेको समयमा  सि.पा. मेलम्ची न.पा. १२ स्थित बाहुन्ने पाटी बजारमा  हिडि रहेको अवस्थामा फेला पारी पक्राउ गरी अदालतमा बुभ्mाइएको .जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्र.ना.उ बिमलराज कणेल जानकारी दिनु भएको छ । उँहाका अनुसार अदालतबाट कैद दण्ड जरिवाना तोकी फरार रहेका प्रतिबादीहरुलाई खोजतलास गर्दै जाने क्रममा  जिल्ला अदालतबाट १ महिना कैद र  रु.२२९०००। जरिवाना हुने गरी फैसला भई लगत नं. १२८३ मा लगत कसी  ९ दिन कैद  र  रु.२२९०००। जरिवाना असुल उपर गर्न बाँकी रहेका चोरी अन्य मुद्धाका प्रतिबादी जिल्ला काभ्रेपलान्चोक सरस्युखर्क गा.बि.स वडा नं.६ बस्ने नागरिकताको नाम चन्द्रमान तामाङ बोलाउने नाम चन्द्रे भन्ने अभिषेक तामाङलाई पक्राउ गरी प्रहरी कार्यालमा दाखिला गरेकोमा र  निज प्रतिबादीलाई सोमबारका दिनमा नै  सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरेको हो ।



Lokpriyasamachar@. Powered by Blogger.