३ नं प्रदेशको नाम र राजधानी सबैको माझमा हुने

नेत्रबहादुर बसनेत लोकप्रिय समचार
बिकाशका कार्यक्रमका लागी  आर्थीकले मात्र  सम्भब  नहुने समाजमा सबै मिलेर काम गर्न सकियो भने मात्र बास्तबीक बिकाश हुने कुरा प्रदेश साँसद  शरेश  नेपालले बताउँनु भएको छ ।


उँहाले मानीसले पहीले आर्थीक लगानी बिनाका बिकाश गर्नमा अगाडी बढ्न पर्ने   बताउँदै  समाजको सेवा गर्नु, भ्रष्टाचार गर्न हुदैन भन्नु   शिक्षाका बिकाश हुन भने  मानबिय बिकाश अनुशाशन तथा ब्यबस्थीत समाजीक सम्मान मिलीजुली बस्ने तथा मिलीजुली काम गर्ने एक अर्कालाइ   रिस नगरी सद्भाबका साथ समाजमा मिलेर गरिने बिकाशको लागी आर्थीकको समस्या नहुने यसलाइ नै बिना आर्थीकाको बिकाश हो भन्नु भयो । उँहाले  अब राष्ट्र्मा बिकाशका काम भनेको उपलब्धीमुलक  हुन पर्ने बताउँनु भयो ।
उँहाले बाटो बनाउँदैमा   सबारी साधन गुडेन भने त्यसको महत्व नहुने बिद्यालय खोल्दैमा बिद्यार्थी भएनन भने, स्वास्थ्य अस्पाताल खोल्दैमा उपचार गराउँने बिरामी आएनन भने त्यसको महत्व हुदैन भन्नुहुदै  अब बिकाशका कामहरु गर्दा स्थानीय रोजगार तथा स्थानीय उत्पादनकत्व तथ स्थानीय स्थाइत्वको बारेमा  बिचार गरेर स्थानीय रोजगारमुलक योजनालाइ प्रथमिकता दिएर बिकाशका कार्यक्रमहरु गरिने योजना मा ३ नंम्बर प्रदेश सरकार लागी परेको बताउँनु भयो ।
उँहाले नगरपालीका तथा स्थानीय सरकारहरुले पनी सबै सँग मिलेर सरसल्लाह गरि स्थानीय दिर्घकालनि स्थाइत्वका बिकाशका कार्यक्रमहरु  समाबेश गरी कार्यक्रम बनाउँन आग्रह गर्नु भयो । चौतारा साँगाचोक गढी नगरपालीका वडा नं १०ले शुक्रबार जल्केनीमा गरेको शुभकामना आदन प्रदान तथा स्थानीय बिकाशमा स्थानीयको भुमिकाका बारेमा   भएको छलफलको प्रमुखअतिथीताका आशनबाट बोल्दै  नेपालले यस्तो बताउँनु भएको हो । उँहाले प्रदेशको नाम र राजधानी कँहा राख्ने भन्ने बारेमा ब्यापक छलफल भइरहेको र सके सम्म छिट्टै यसको टुङ्गोमा पुग्ने त्यसरी टुङ्गोमा पुग्दा सबैेलाइ माझ पर्ने र सबैको सुबिधालाइ ध्यानमा राखेर गरिने समेत बताउँनु भयो ।
शुभदिपावली छठ  लोत्साहर नेपाल नयााबर्षको  शुभकामना आदन प्रदान कार्यक्रमको नामबाट जल्केनीमा आयोजना गरेको   कार्यक्रममा बोल्दै पुर्ब माननिय   शुभाष कर्मचार्यले देशमा हरेक पटक भएका एैतीहासीककार्यक्रमहरु  सबैे राजनीती दल नागरिकहरु  मिलेर नै सफलता हासिल गरेको  इतीहाँस रहेको बताउँदै     हामी नेपालहिरुले पनी हरेका बर्ष हरेक काममा मिलेर  अगाडी बढ्ने  गरेको हुँदा सफलतामा पुगिएका बताउानु भयो । अब हामी नेपाल िनागरिकलाइ शुख समृद्दी चाहीएको छ भन्नु हुँदै  यसका लागी सबै मिलेर अगाडी बढ्न पर्ने बताउँनु भयो ।
उँहाले  हरेक बर्षको दशै, तिहार छठ,लोत्सार , नेपाल सम्बतले हरेक जात जाती सबै मिलेर बस्ने परम्परा अनुसार टिका थाप्ने देश बिदेशमा रहेका परिबारहरुलाइ एकै ठाँउमा जम्मा गराएर  भेटघाटको अबशर  जुटाउँने  गरेको स्मरण गराउँदै अब हामी सबै नेपाली एक हौ र मिलेर बसौ भन्ने र  एक आपसमा सहयोगीका भाबनाहरु बढोस भन्ने कामना यो चाडहरुले दिएको बताउँनु भयो । अर्का बिशेष अतिथी चौतारा साँगाचोक गढी नगरपालीकाका  प्रमुख अमान सिंह तामाङ्गले  जसरी मौरीको घरमा हज्जारौ हज्जारौ मौर िमिलेर बसेको हुन्छन त्यही मौरीले बनाएको मह मिठो हुने उदाहरण दिदै गाँउमा पनी सबै मानीसहरु मिलेर गरेको काम मिठो हुने हुदाँ यसरी  सबै मिलेर छलफल गरी नगर बिकाशमा अगाडी बढेकोमा खुशी ब्यक्त गर्नु भयो ।
१० नं  वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले संञ्चालन गर्नु भएको कार्यक्रममा वडा सदस्य   कृष्ण बहादुर  तामाङ्गले  स्वागत मन्तब्य राख्नु भएको थियो ।
नगरपालीकाका राजनिती सल्लाहकार चन्द्र प्रसाद सापकोटा ,प्रमुख प्रशाशकीय अधिकृत इन्द्र प्रसाद बस्याल, नगर सुधार समितकिा सचिब कृष्णबहादुर ठकुरी,  छिमेकी वडाका वडाअध्यक्षहरु  नेकपाका, नेपाली काँग्रेस , राप्रपाका  नेताहरु तथा  वडाका शिक्षक, बिब्यस, तथा सर्बसाधरणको ब्यापक उपस्थितीमा जल्केनी स्वास्थ्य भबनमा भएको कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष  बेलबहादुर महतले जल्केनी स्वास्थ्य चौकीमा कर्मचारी नभएको र भएका पनी आफु खुशी नआउँने गरेको बताउँनुभयो ।
उँहाले वडामा चाडबाडको बहानामा  लागुपदार्थ सेबन गरेर हुन सक्ने सम्भाबीत घटना प्रती सबैे सचेत रहन पर्ने र वडालाइ सँधै शान्त र शिक्षीत वडाकारुपमा बिकसित गरेर १० नंम्बर वडाको बिशेष पहिचान  राख्नका लागी  सबै वडाबासहिरुलाइ  अनुरोध समेत गर्नु भयो । उँहाले  वडाको बिकाशका लागी सबैेदल संघ संस्थाहरु सँग हातेमालो गरेर अगाडी बढी रहेको र अ ागमी दिनमा पनी सबै सँग मिलेर आबश्यकताका अ ाधारमा काम  गर्ने बताउँनु भयो ।

, , ,