विभिन्न कार्यक्रम गरी जेष्ठ नागरिक दिवस मनाइयो

नेपालमा पनि अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ  । सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम चौताराको बृद्धा आश्रमको साधरण सभा सहित जेष्ढ नागरिकहरुलाई सम्मान गरेर  यो दिवस मनाइएको थियो माधवलाल कर्मचार्यको सभापत्विमा भएको थियो ।
स्वागत मन्तव्य  राख्दै माया श्री नीराशीले चौतारा साँगाचोकगढी नगरपालिकामा रहेका सम्पुर्ण जेष्ठ नागरिक लार्ई व्यवस्थापन गनु पर्ने भावना व्यक्त गर्नु भएको थियो । सो अबशरमा कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख अमानसिंह तामाङ्गले जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उघाटन गर्नु भएको थियो । ८० वर्ष पुगेका जेष्ठनागरिक हरुलार्ई उपहार स्वरुप सम्मान गरिएको थियो । जेष्ठ नागरिक मध्ये सव भन्दा जेष्ठ विर बहादुर मोक्तान  लार्ई समान स्वरुप प्रमाण पत्र , नगद उपहार सहित समान गरिएको थियो । डा.विनोद दंगाल  ले बुढा बुढीहरुमा लाग्ने रोग र यसको नियन्त्रण कसरी गर्ने भन्ने बारे बताउनु भएको थियोे । आश्रमको प्रतिवेदन होम कुमारी पुरी  बाट प्रस्तुत गरिएको थियो भने  जेष्ठ नागरिक लार्ई भत्ता वितरण गरिएको थियो  माधवलला कर्मचार्य सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी भोटेकोशी गाँउ पालिकामा पनि निःशुल्क रोग परीक्षण गरी जेष्ठ नागरिक दिवस मनाइएको छ । 
गाउँपालिकाका उपप्रमुख दाबुुटी शेर्पाको प्रमुख आतिथ्यतामा भएको जेष्ठ नागरिक परिचय पत्र वितरण तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा आँखाको समेत निःशुल्क परीक्षण गरिएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र रेग्मी लगायतले जेष्ठ नागरिक सम्मान कार्यक्रमको विषयमा प्रकाश पार्नुभएको स्वास्थ्य विभाग प्रमुख रेजिन्द्र सुवेदीले बताउनुभयोे ।
 त्यस्तै इन्द्रावती गाँउपालिका लगाएतका पालिकाहरुमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
यसरी जेष्ठ नागरिकलाई सम्मान गरेर अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइरहँदा चौतारा सँँगाचोक गढी नगर पालकिा वडा नं १४मा परिचय पत्रसहित जेष्ठ नागरिक दिवस मनाइएको छ । उक्त दिवस समारोहको उद्धघाटन गर्दै नगर प्रमुख अमानसिं तामाङले जुन घरमा जेष्ठ नागरिकलाई सम्मान गर्छन त्यही घरका परिबारलाई पनी समाजले सम्मान गर्ने गर्छन भन्नु हुँदै  चौतारा साँगाचोक गढी नगरपालिकाले मासीक भत्ता ५००० गर्नका लागी केन्द्र सरकारसँग माग गरिरहेको बताउँनु भयो । सो अबशरमा वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले जेष्ठ नागरिकहरुकै आशिर्बादका कारण आफुहरु  सफलतामा अगाडी बढेको बताउँदै  जेष्ठ नागरिकको सम्मान नै आफनो सम्मान भएको बताउँनु भयो । 
सो अबशरमा महीला बिकाश कार्यलयका  साहक महिला बिकाश निरीक्षक क्षेत्र कुमारी खड्का ले जेष्ठ नागरिक  परिचय पत्रको बारेमा जानकारी गराउँनु भएको थियो भने वडा सचिब आशीष श्रेष्ठले  जेष्ठ नागरिक  लगाएत सामाजीक सुरक्षा भत्ता लिनको लागी नयाँ बनेको कार्य बिधी अनुसार दिने ब्यबस्था मिलाईएको बताउँनु भयो ।
कार्यक्रम संञ्चालन गर्दै सचिब श्रेष्ठले बिजया दशमी तथा शुभ दिपावलीको चाडलाई मध्य नजर राख्दै वडा नं १४ मा  असोज २५ गते सरसफाइ कार्यक्रम गर्नेर असोज २५ गते देखी कातिक २७ गतेसम्म बेलुका ७ बजे भन्दा पछी पशल बन्द गर्न समेत वडाले निर्णय गरेको जानकारी समेत  गराउँनु भयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका सल्लाहाकार चन्द्र प्रसाद सापकोटा, नगर सुधार समितिका अध्यक्ष नेत्र बहादुर बस्नेत, डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयका प्रअ बद्री प्रसाद नेपाल, झमलादेबी आधारभुत बिद्यालयका प्रअ लालबहादुर श्रेष्ठ लगाएतका समाजसेबी तथा जेष्ठ नागरिकहरुको ब्यापक उपस्थिति रहेको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.