टिपर दूर्घटना हुँदा एकको मृत्यु

लोकप्रिय समाचार/टिपर दुर्घटना बाट एकको मृत्यु दूय घाइते भएका छन् ।
आइतबार सँझ ५बजे जुगल गा.पा. ६ घिच्चे भन्ने स्थानमा ढुंगा लोड गरी जलविरे तर्फ आउँदै गरेको बा ४ ख ३३३१ को नं. को टिपर सडकको दाहिने साईडको भाग भासिन गई पल्टिन जाँदा  सडक भन्दा २०० मि. तल घेलुङ खोलामा खसेको थियो । दूर्घटनामा १ टिपरमा सवार बलेफी गाउँपालिका १ सिम्ले ढाँडे बस्ने मोहन श्रेष्ठको मृत्यु भएको छ भने घाईतेहरु टिपर चालक बाह्रबिसे न.पा ७  बस्ने २२ वर्षिय रमेश श्रेष्ठ, सहचालक काभ्रे पाँचखाल न.पा ५ खावाका  २४ वर्षिय प्रविण बानियाँ रहेका छन् ।
उनीहरुलाई उपचारको लागी घुलिखेल तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.