वृद्धाश्रमको साधारण सभा सम्पन्न

लोकप्रिय समाचार/२८ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस तथा वृद्धाश्रम सेवा समितिको ५ औं साधरण सभा सम्पन्न भएको छ ।  जेष्ठ नागरिक सञ्जालका अध्यक्ष माधवलाल कर्माचार्यको सभापत्विमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अथिति चौतारा साँगाचोकगढी नपाका प्रमुख अमानसिं तामाङ, अतिथि कृष्णराज श्रेष्ठ रहनुभएको थियो । स्वागत मन्तव्य माया श्री निराशीबाट भएको थियो । उहाँले यस नगरपालिकामा रहेका सम्पूर्ण जेष्ठ नागरिकलाई व्यवस्थापन गर्नुपर्ने भावना व्यक्त गर्नु भएको थियो । जेष्ठ नागरिक दिवासेवा केन्द्रको उद्घाटन अमानसिं तामाङबाट समपन्न भएको थियो । यसै सन्र्दभमा ८० वर्ष पुगेका सम्पुर्ण नागरिक हरुलाई उपहार स्वरुप समान सहित रेडियो वितरण गर्ने कार्यक्रम पनि रहेको थियो । विभिन्न जेष्ठ नागरिक मध्ये सबैभन्दा जेष्ठ विरबहादुर मोक्तानलाई सम्मान स्वरुप प्रमाणपत्र, नगद उपहार सहित सम्मान गरिएको थियो ।
यसै क्रममा डा.विनोद दंगालले बुढाबुढीहरुमा लाग्ने रोग र यसको नियन्त्रण कसरी गर्ने भन्ने बारे बताउनुभयो । मानिसलाई व्ययाम पनि अति जरुरी भएको कुरा डा. दंगालले बताउनु भयो । आश्रमको प्रतिवेदन होमकुमारी पुरीबाट प्रस्तुत गरिएको थियो । सबै जेष्ठ नागरिकलाई भत्ता वितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।


,
Lokpriyasamachar@. Powered by Blogger.