क्यान्सर सम्बन्धी प्रशिक्षण उपप्रमुख जानुकाद्धाराबिशेषधन्यबाद


नेत्रबहादुर बस्नेत,सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना मा  साँगाचोकगढी को वडा नं १२मा गरिएको निशुल्क स्वास्थ्य परिक्षणमा  ३००जनाले सुबिधा उपभोग गरेका छन ।  थाहा फाउन्डेसनको समन्वय र वि पि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको बिशेषज्ञ डाक्टरहरूको सहयोगमा  वडा नं १२ मा  भएको महिलाहरूको पाठेघर र स्तन क्यान्सर परिक्षणका लागि भएको  निःशुल्क स्वास्थ्य शिविरमा उँहाहरुले यस्तो सुबिधा लिनु भएको थियो । सोमबार  भएको शिविरमा  ३०० जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।



परिक्षणमा ३ जनालाई पाठेघरमा क्यान्सरको शंका देखिएको छ भने १५० जनाको पाठेघरमा संक्रमण देखिएको र उँहाहरुलाइ औषधी सेवन गर्न पर्ने  थाहा फाउन्डेसन नेपालका अध्यक्ष  सरु दाहाल अधिकारीले बताउँनु भयो । उँहाका अनुसार ७ जनाको पाठेघरमा मासु पलाएको  ६ जनाको आङ खसेको र २ जनाको स्तनमा गांठा पलाएको  २ जनाको मुख तथा ग्रन्थीमा क्यान्सरको संका देखिएको थियो।  साथै सो अबशरमा क्यान्सर रोकथाम बिशेषज्ञ डा किशोर कुमार प्रधानाङ्गले महिला स्वयंसेविकाहरूलाई स्तन क्यान्सर प्ररिक्षण सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।
शिविरमा निशुल्क औषधि बितरण गरिएको थियो । थाहा फाउन्डेसनका अध्यक्ष सरू दाहाल अधिकारी साथै बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालको सम्पुर्ण टिमलाई यति ठुलो सहयोग उपलब्ध गराएर चौतारा साँगाचोक गढी नगरपालीकाका रोगीलाइ उपचार गराएकोमा नगरउपप्रमुख जानुका पराजुलीले बिशेष धन्यबाद दिनु भएको छ ।  यस अघि थाहा फाउण्डेशनले प्रदेश नंम्बर ७का दशौहजार भन्दा बढी महीलाहरुलाइ स्वास्थ्य परिक्षण गराइ उपचारमा सहयोग गरेको थियो । संस्थाका अध्यक्ष सरु स्वयम पाठेघरको मुखमा क्यान्सर भएको क्यान्सर रोग पिडीत भएकाले पनी बिशेष गरि गाँउघरमा जँहा स्वास्थ्यको बलियो पहुँच पुग्न सकेको छैन तयस्तो ठाँउमा रहेका महीलाहरुको उपचारको लागी अगाडी बढिरहनु भएको उपचारमा  सहभागी बिशेषज्ञ डा किशोर कुमार प्रधानाङ्गले बताउँनु भयो । उँहाले यसरी गाँउगाँउमा आएर स्वास्थ्य परिक्षण गरेर उपचार गराउँन पाउँदा आफु लगाएत आफ्रनो टिमलाइ धेरै खुशी लागेको बताउँदै आगामी दिनहरुमा पनी आफुहरुको सहयोगमा कमी हुन नदीने बताउँनु भयो ।  चौतारा साँगाचोकगढी नगरपालीकाको  आयोजनामा भएको यो शिबरि मङ्गलबार वडा नं ५ चौतारामा हुने स्वास्थ्य बिभागका शिब पुरीले बताउँनु भयो । 

, , ,
Lokpriyasamachar@. Powered by Blogger.