लक्षीत कृषक समूह बैठक सम्पन्न

महिला आत्मनिर्भरता केन्द्र मेलम्ची र अक्सफामको साझेदारीमा सञ्चालिन नेपाल भूकम्प पुर्नलाभ तथा पुर्ननिर्माण कार्यक्रम अन्र्तगत जिवीकोपार्जन क्षेत्र छनौट भएका मेलम्ची नगरपालिका १२ अन्र्तगतका ८ वटा समूह विच हिजो आधुनिक कृषि औजार सामाग्री सम्वन्धी छलफल वैठक वाहुनीपाटीमा सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिकाको समन्वयमा महिलाको अधिकार र न्यायिक समिति सम्वन्धि नितीगत सम्वाद कार्यक्रम होटेल मेलम्ची रिभर साईड ईनमा एक दिवसिय कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा गणेशथान कृषि समूह, चण्डेश्वरी कृषि समूह, नवोदित कृषि समूह, लामाटोल जैविक कृषक समूह, सेतीभूमी कृषक समूह, सिन्धु गिरानचौर कृषक समूह, वगैंचा कृषि समूह, थाक्ले कृषि समूहवाट अध्यक्ष तथा अन्य पदाधिकारीहरुका साथै बांसवारी कृषि सहकारी संस्थाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा अक्सफामका जिवीकोपार्जन अधिकृत शेखर गिरीले वोल्नुहुंदै कार्यक्रमवाट लक्षीत समूह छनौट गर्नुको उदेश्य, कार्यक्रमद्धारा गर्न खोजिएको सहयोगलाई प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने कुरामा जोड दिनु भएको थियो । 

यसै अवसरमा महिला आत्मनिर्भरता केन्द्रका कार्यक्रम संयोजक उमेश नकर्मीले नेपाल भूकम्प पुर्नलाभ तथा पुर्ननिर्माण अन्र्तगत सञ्चालनमा रहेका क्षेत्रगत कार्यक्रमहरु, समूह छनौटका आधारहरु, कार्यक्रम मार्फत लक्षीत समुदायमा सञ्चालन गरिने आगामी कार्यक्रमको योजनाहरुको  वारेमा जानकारी गराउनुका साथै लक्षीत समुदायको भूमिकाको वारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रम अन्र्तगत कृषक समूहवाट माग भई आएका कृषि औजार सामाग्रीहरुको माग र श्रोत साधनको आधारमा लक्षीत समूलाई उपलव्ध गराउने, सहकारी संस्थालाई साझेदारी प्रक्रियामा अघि वढाउने, सहकारी संस्था व्यवस्थापनको लागि सहयोगी स्वयंसेवको व्यवस्था गर्ने र सहकारी संस्थासंग सम्झौता गर्ने जस्ता निर्णयहरु गरिएको हो । कार्यक्रम अन्र्तगत सहभागीहरु विच अन्र्तक्रिया समेत गरिनुका साथै कार्यक्रमका सञ्चालन महिला आत्मनिर्भरता केन्द्रका जिवीकोपार्जन अधिकृत ध्रुव सापकोटाले गर्नु भएको थियो ।
यसैबीच महिला आत्मनिर्भरता केन्द्र मेलम्ची र अक्सफामको साझेदारीमा सञ्चालिन नेपाल भूकम्प पुर्नलाभ तथा पुर्ननिर्माण कार्यक्रम अन्र्तगत खानेपानी सरसफाई तथा स्वच्छता परियोजना अन्र्तगत मेलम्ची ११ स्थित जागेश्वरी आधारभूत विद्यालयमा सम्पन्न भएको छ । विद्यालयमा सरसफाईका पूर्वाधारको उचीत प्रयोग र निरन्तरताको लागि विद्यालय र व्यवस्थापन समितिलाई क्रियाशील वनाउने उदेश्य अनुरुप सञ्चालन भएको १ दिने तालिमको अवसरमा खानेपानी सरसफाई तथा स्वच्छताको परिचय, विद्यालयमा खानेपानी सरसफाई तथा स्वच्छता, पानीजन्य रोगको रोकथाम ढांचा,स्वास्थ्य र यससंग सम्वन्धित केही तथ्यहरु, नेपाल सरकारको सरसफाई तथा स्वच्छता सम्वन्धी निति, लैंगिक समानता तथा सामाजिक समावेशीकरण तथा महिनावारी सरसफाई व्यवस्थापन, दिसा मुखमा पर्ने माध्यम लगायतका विषयमा छलफल गर्दै विद्यालयलाई पूर्ण सरसफाई तर्फ उन्मुख वनाउनको लागि आगामी वास कार्ययोजनाको निर्माण गर्दै तालिम समापन भएको हो ।
यसै अवसरमा विद्यालय शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुको लागि सञ्चालन भएको तालिमको प्रमुख प्रशिक्षकको रुपमा महिला आत्मनिर्भरता केन्द्रका जनस्वास्थ्य प्रवद्र्धन अधिकृत रमेश श्रेष्ठ, अक्सफामका जनस्वास्थ्य प्रवद्र्धन अधिकृत राजिव अधिकारी र सहयोगी प्रशिक्षक राजेश अधिकारी रहनु भएको थियो ।
कार्यक्रमको मुख्य उदेश्य विद्यालय तथा समुदाय स्तरमा सरसफाई सम्वन्धी चेतनामूलक कार्यक्रमको माध्यमवाट आनीवानी परिवर्तनमा समेत सहयोग पुर्याउने उदेश्य अनुरुप समुदाय लगायत विद्यालय स्तरमा खानेपानी सरसफाई तथा स्वच्छता सम्वन्धी कार्यक्रमहरु सञ्चालन हुंदै आएको र कार्यक्षेत्र अन्र्तगतका विद्यालय अन्र्तगत शिक्षक, विद्यालय व्यवस्थापन समिति र वालवालिकाहरुलाई समेत सरसफाई तथा स्वच्छता सम्वन्धमा सचेत गरिएको कुरा कार्यक्रम संयोजक उमेश नकर्मीले जानकारी गराउनु भयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.