भूकम्प स्मृति पार्क लथालिंग

दिपक खत्री/भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ दाह्रेगौडामा एक वर्षअघि निर्माण सुरु गरिएको भूकम्प स्मृति पार्क लथालिंग भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेटमा निर्माण हुने पार्क बनाउन करिब एक अर्ब रुपैयाँ लाग्ने गरी सहरी तथा भवन डिभिजन कार्यालयले डिपिआर र डिजाइनसमेत तयार गरेको हो । गत मंसिरमा डिपिआर पूरा भएको पार्कको घेराबारको काम गत आर्थिक वर्षमै पूरा भएको हो । नेपाल कन्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले शिलान्यास गरेको एक वर्षपछि निर्माण थालनी गरिएको पार्कको निर्माण कार्यले निरन्तरता नपाउँदा घेराबारको ढोका लडेका छन् ।
स्थानीय भगवती सामुदायिक वनको ४१ रोपनी क्षेत्रफलमा पार्क निर्माण सुरु गरिएको हो । पार्कको डिजाइनका लागि ३५ लाख रुपैयाँ खर्च भएको डिभिजन कार्यालयले जनाएको थियो । भूकम्पसम्बन्धी अध्ययन केन्द्र बनाउने गरी निर्माण सुरु गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताउनुभयो ।
नेपालमा गएका सबै भूकम्पको सूचना लिन सक्ने व्यवस्था रहने गरी नक्सा तयार गरिएको छ । एउटा कक्षमा प्रवेश गर्दा भूकम्प गएको अनुभव हुने कोठाको समेत निर्माण हुने जनाइएको छ। दैनिक २०० भन्दा बढीले पार्कको अवलोकन गर्ने डिजाइन छ । यस्तै, भूकम्पमा परी ज्यान गुमाएका १४ जिल्लाका सबैको नाम राखिने जनाइएको छ ।  पार्कले चौतारा साँगाचोकगढी नगरपालिकाको विकासको दरिलो आधारको रुपमा स्थापित हुने चौतारा साँगाचोगढी नगरपालिकका प्रमुख आमानसिं तामाङ बताउँनुभयो ।
तर, यद्यपि, निर्माण कार्यले निरन्तरता पाउन सकेको छैन ।  पार्कमा भूकम्प स्मृति भ्यु टावर, सूचना केन्द्र, रेस्टुरेन्ट, शौचालयलगायतको सुविधा रहने बताइएको छ ।
पानीको फोहोरा र त्यसमाथि ग्लासको भ¥याङ राखेर पानीमाथि हिँडेको अनुभव गर्न सक्ने मनमोहक संरचना निर्माण हुनेछ । पार्कमा भूकम्पबाट क्षति भएको कल्पनामा एउटा स्टयाचु हुनेछ । त्यसमाथि कमलको फूल हुनेछ ।

,
Lokpriyasamachar@. Powered by Blogger.