सडक समस्यामा टाँगा र टसिथाङ बासिन्दा

लोकप्रिय समाचार/२०७२ बैशाख १२, १३, २९ र त्यो भन्दा पछाडिको भूकम्पले टाँगा र टसिथाङको बाटोमा क्षति भएपछि लगत्तै ४ वर्षको अन्तरालसम्म पनि केही सुधार नभएको भनेर स्थानीयले गुनासो गर्न थालेका छन् ।
त्यस स्थानमा भूकम्पको समयमा राहत लिन आउने मानिसले समेत ज्यान गुमाएका थिए ।

वर्षैपपिच्छे लाखौं बजेट भएतापनि विकास भने केही गर्न नसकेको स्थानीयको भनाई छ । त्यस बाटोबाट ठूलाठूला सामानहरु समेत बोकेर वारपार गर्न नसकिने हुँदा घर बनाउनको निम्ति आवश्यक पर्ने सामानहरु जस्ता, फलाम, रड, सिमेन्ट आदि पनि लामो र घुमाउरो बाटोबाट लानुपर्ने वाध्यता रहेको छ । सो बाटो हिँड्न समेत ज्यादै जोखिम भएको स्थानीय लालबादुर तामाङले बताउनुभयो ।

अझ वर्षातको समयमा दिनदिनै पानी पर्दा बाटोमा भीरबाट पहिरो जाने, ढुङ्गा खस्ने हुँदा हिँड्दा समेत ध्यानपूर्वक हिँड्नुपर्ने र पानी परेको केही छिनपछि घन, गल, कोदालो बोकेर बनाउन जानुपर्ने स्थानीय रुपलाल तामाङले बताउनुभयो । 


,
Lokpriyasamachar@. Powered by Blogger.