फरार अभियुक्त अधिकारी पक्राउ

लोकप्रिय समाचार/रुपन्देही जिल्ला आदालतले कैद १ बर्ष ११ महिना ३ दिन  मिति २०६१।२।२७ गतेको  फैसला भई सोही मिति  देखि फरार  व्यक्तिलाई पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्धाका जिल्ला सिन्धुपाल्चोक साविक पाङताङ गा.वि.स.वडा न.७ हाल परिवर्तित जुगल गाँउपालिका वडा न.२ वस्ने वर्ष ४९ को माईला भन्ने रामशरण अधिकारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विमलराज कणेलले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरी सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गराएको प्रनाउ कणेलले बताउनुभयो ।

अधिकारीलाई कैद असुल उपर गर्न हिजैको मितिबाट जिल्ला कारागार चलान गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

,