उद्योग बाणीज्य संघ सिपाले स्थानीय उत्पादनमा सहयोग गर्ने


सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ द्वारा असोज २३गते विजय दशमी तथा दिपावलिको अवसरमा शुभकामना आदान प्रदान तथा चियापानमा र अलैंची प्रसोधन भत्ती   वितरण कार्यक्रम गरेको छ ।  बाह्रबिसे नगर पालीकाका प्रमुख निमफुन्जे शेर्पाको प्रमुख अथितिमा विभिन्न  उदोग ब्यबसायी तथगा अन्य अथितिहरूले शुभकामना मन्तव्य राखेका थिए   । नगर प्रमुख  शेर्पाले  प्रमुख अतिथीका आशनबाट बोल्दै स्थानिय स्थरमा व्यवसायिक कृषि उत्पादन गर्न सयोग गर्ने  बताउँनु भयो उँहाले  उधोग वाणिज्य संघ संग सहकार्य  गरि उत्पादन बढाउने कायृमा नगरपालीका अगाडी बढ्ने  बताउँनु भयो । संघ को अध्यक्ष वेद बाहादुर श्रेष्ठले स्थानियस्तरमा   उत्पादन गर्न सकिने बस्तुलाइ प्रोत्साहन दिएर   उत्पादनलाइ बुद्धी गरि समृद्धि जिल्ला बनाउने  अभियान चलाउने  बताउँनु भयो । उँहाले १ बर्ष को अन्तराल्मा अलैंची र कफि उत्पादन गरि अन्तर्रा्ष्ट्रिय बजारमा समेत यसको प्रबन्ध भयेको र विभिन्न तालीम बाट धेरै कृषकहरू लाभान्वित  भएको बताउँनु भयो । आगामी दिनमा स्थानीय उत्पादति बसतुहरुको लागी  बजार व्यस्थापन गरि सबन्धित निकायहरुलाइ समन्वय गरि कृषकलाई प्रोत्साहित गर्न  आबसेक अनुसार सयोग गर्दै जाने र समृद्ध सिन्धुपाल्चोक बनाउने काम गर्ने बताउनु भयो । उक्त कार्यक्रममा वाणिज्य संघका पदाधिकारी, व्यवसायि , कृषक, पत्रकार, समाजिक व्यक्तित्यो हरूको उपस्थिति थियोे ।


,
Lokpriyasamachar@. Powered by Blogger.