कुनफेनको साधारण सभा सम्पन्न

सन्तोष भण्डारी/चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थित  कुनफेन सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कुनफेन सहकारी बचत ऋण  कारोबार मात्र नभई कृषिसँग जोडिएको हुँदा सो सहकारीले कृषि क्षेत्रमा समेत लगनशिल भई काम गर्दै आएको छ ।
साधारण सभामा  सहकारीले गरी आएको  कृषि क्षेत्रको कार्य र ऋण तथा  बचत समेतको कारोवारको वार्षिक प्रगती प्रतिवेदन सहकारी व्यवस्थापकबाट प्रस्तुत भएको थियो ।
त्यस्तै सहकारीका अध्यक्ष पानमाया  तामाङबाट जेष्ठ नागरिक सम्मान, असल ऋणि र माथिल्लो शेयर सदस्यलाई  सम्मान गरिएको थियो ।
कार्यक्रम सञ्चालन अध्यक्ष पानमाया तामाङबाट भएको थियो । उहाँले अबको भावी योजना  र उद्देश्यबारे  प्रष्ट पार्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.