‘सरसफाईका लागि सबै जुट्नुपर्ने’

लोकप्रिय समाचार/नगरपालिकाको सरसफाइ लगाएत  नगरलाई सम्बृद्धी र नगर विकासका लागि सबै  नागरिकको बराबरी दायित्व हुने नगर प्रमुख अमानसिं तामाङले बताउँनुभएको छ ।
उहाँले नगर सुधार समिति सिन्धुपाल्चोकका नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचित प्रमाणपत्र  वितरण तथा विजयादशमीको शुभकामाना आदानप्रदान  कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै यस्तो बताउनुभएको हो । 

उहाँले प्रमाणपत्र लिँदैमा पदिय दायित्व पुरा नहुने भएकोले पदिय दायित्व पूरा गर्नका लागी  नगरको सभ्य नागरिक बनेर नगर सरसफाइ तथा समृद्धीका लागी अगाडी बढ्न पर्ने बताउनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को वडा कार्यालयको भवनमा आयोजित कार्यक्रममा बोल्दै  तामाङले नगर पालिका र नगर सुधार समिति एक आपसमा दुइ हात हुन् । दुबै हात मिले मात्र ताली बज्छ, एक हातले ताली बज्दैन भन्दै नगर विकाशका लागि नगरपालिका र नगर सुधार समितिको बराबरी दायित्व रहने  समेत बताउँनु भयो ।
कार्यक्रमका बिशेष अतिथि तथा वडा नं ५ का वडाअध्यक्ष नरमान श्रेष्ठले  बिजया दशमी नजिकिँदै गर्दा बजारमा केही अपराधिक घट्ना घट्न सक्ने चोरी, डकैती, बलात्कार बढ्न सक्ने भएकाले यस तर्फ सबै नागरिकलाई सचेत रहन आग्रह गर्दै आफुहरु निर्बाचित हुनु भन्दा पहिले चौतारा नगरपालिकाको अबधारणा आउँदादेखि नै नगर सुधार समितिीले नगर सरसफाइमा सहयोग गरिरहेकामा बिशेष धन्यवाद दिनुभयो । उहाँले बजार सफा राखेर सभ्य नागरिकको पहिचान दिन पर्ने बताउँनु भयो ।
नगरसुधार समितिको नवनिर्वाचित पदाधिकारीहरुलाई कार्य सफलताको शुभकामना मन्तव्य दिँदै जेष्ठ नागरिक सञ्जालका अध्यक्ष माधवलाल कर्मचार्यले नगर सुधार समितीले बिगतका दिनहरुमा गरेका कामको प्रशंशा गर्दै आगामी दिनहरुमा पनि त्यसलाई निरन्तरता दिन पर्ने बताउनुभयो । नगर सुधार समितिका अध्यक्ष नेत्रबहादुर बस्नेतले  कार्यक्रमको समापन गर्दै नगरपालिका भनेको सबै नागरिकको हो । नीति बनाउनका लागी नागरिकबाट चुनिएका व्यक्ति नगर पदाधिकारी हुन् । पदाधिकारीहरुबाट गरिएका निर्णयहरु कार्यान्वयनमा सबै नागरिक लाग्नुपर्ने बताउँनु भयो ।
नगर सुधार समितिका उपाध्यक्ष भिम बहादुर घलेले प्रमुख अतिथि बिशेष अतिथिहरुलाई  खादाद्धारा स्वागत गर्नु भएको थियो ।  कार्यक्रममा स्वागत मन्तव्य रामशरण गौतमले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कृष्णबहादुर ठकुरीले गर्नु भएको थियो ।
निर्वाचित पदाधिकारीहरुलाई नगर प्रमुख अमानसिं तामाङले प्रमाणपत्र दिनु भएको थियो भने वडाअध्यक्षले टिका लगाएर  बधाइ दिनु भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.