त्रिपुरासुन्दरीको समिक्षा बैठक सम्पन्न

लोकप्रिय समाचार/त्रिपुरासुन्दरी गाउँपालिकाले वार्षिक प्रगती समिक्षा बैठक गरेको छ ।
आफ्नो गाँउपालिकामा भएका काम कार्यको बारेमा के–कस्ता कमी कमजोरी भए आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा आधारित रहेर गरिएकोे कार्यक्रममा सहभागीहरुले बिगतका कार्यक्रमहरु सबै सन्तोषजनाक रहेको र आगामी दिनमा अझ प्रभाबकारी ढङ्गबाट काम गर्न पर्ने बताएका थिए ।
त्रिपुरसुन्दरी गाँउपालिकाका हाम्रा प्रतिनीधि राजेश थामीका अनुसार भुपेन्द्र श्रेष्ठको सभावपतित्वमा कार्यक्रम भएको थियो जिल्ला सम्मन्वय समितिका सदस्य  चन्द्रबहादुर थामीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा   वढाअध्यक्ष कर्मचारीहरु तथा सर्वसाधरणहरुको पनि उपस्थिति रहेको थियो । प्रमुख अतिथि बिशेष अथितिहरुले सामाजिक विकासलाई जोड दिँदै  त्रिपुरासुन्दरी गाँउपालिकाले गरेका कामहरुको प्रशंशा गरेका थिए ।
सभापतिको आशनबाट भनाइ राख्दै श्रेष्ठले ६ वटैवडा अध्यक्षहरुलाई विकास निर्माणको सहि ढङ्गले पहिचाहन गरेर जनताका मन जितेर काम गर्न भन्नुहुँदै विकासका कामहरुमा अनियमितता हुन नदिन पनि चनाखो रहनुपर्ने बताउँनुभयो । साथै नजिकिँदै गरेको विजयादशमीका समयमा गाँउ घरमा अझ चनाखो भएर काम गर्न समेत अनुरोध गर्नुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.