‘शैक्षिक सुधारमा निरन्तर लागि पर्नेछु’

लोकप्रिय समाचार/हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिका भित्रको शैक्षिक सुधारमा निरन्तर लागि परेको बताउनुभएको छ ।
उहाँले ५ वर्षभित्र गाउँपालिको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरेरै छाड्ने बताउनुभएको । शिरीसेको भन्ज्याङ आधारभूत विद्यालयले आयोजना गरेको विजया दशमी तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष हर्कबहादुर तामाङले शैक्षिक सुधारका लागि एक जना मात्र लागिपरेर नहुने भन्दै सम्पूर्ण शिक्षक, अभिभावक, विद्यार्थीहरु लागिपर्न आग्रह गर्नुभएको भन्ज्याङ आधारभूत विद्यालयका शिक्षक लाक्पा तामाङले जानकारी दिनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.