सरसफाईमा सांसदको अगुवाई

देवराज सुवेदी/सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले सरसफाइलाई प्राथमिकता दिई काम अगाडि बढाएको छ । हिजो ३ नम्बर प्रदेशका सांसद तथा अर्थ तथा विकास समितिका सभापति शरेस नेपालले सरसफाइको अगुवाइ गर्नुभयो । 
बलेफी गाउँपालिका–८ ले आयोजना गरेको बजार सरसफाइ कार्यक्रमका प्रदेश सांसद नेपालसहित लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका एसपी नारायण श्रेष्ठ, नेपाली सेनाका क्याप्टेन अनिल रोकायसहित दर्जनौंको संख्यामा स्थानीय अगुवाहरु मास्क लगाएर झाडु बोक्दै लामोसाँघु बजारमा निस्किएपछि स्थानीयवासी बजार सफाइमा जुटे ।
स्थानीय वुद्धिजीवीहरु तथा सामाजिक अगुवाहरु नै बजार सफाइमा झाडु बोकेर सडकमा निस्किएपछि स्थानीयवासी पनि सामेल भएका थिए । उनीहरुले लामोसाँघु बजारदेखि वनसाँघुसम्मको बजार उनीहरुले सफाइ गरेका छन् ।
सडकमा जथाभावी राखिएका निर्माणसामग्री लगायतका अन्य सामग्री हटाइएको बलेफी गाउँपालिका ८ का वडाध्यक्ष चरिबहादुर तामाङले जानकारी दिनुभयो । अध्यक्ष तामाङका अनुसार स्थानीय क्लव, विद्यालय, सहकारीलगायतका सरोकारवालाको सहभागितामा बजार क्षेत्रलाई सफाइ गरिएको हो ।
सरसर्फाका क्रममा सडक मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचनाहरुसमेत हटाइएको छ । वडाभित्रका बजारहरुलाई सफा र हराभरा बनाउनका लागि विशेष योजनाका साथ अघि बढ्ने पनि वडाध्यक्ष तामाङले बताउनुभएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.