पुनर्निर्माण सम्पन्न गर्नेलाई प्रमाणपत्र

लोकप्रिय समाचार/भूकम्पपछिको पुनर्निर्माणमा घर बनाउनेलाई धमाधम सिन्धुपाल्चोकमा सम्पन्न प्रमाणपत्र वितरण गर्न थालिएको छ ।
मेलम्ची नगरपालिका ५ सिन्धुकोटमा हिजो २ सय ३५ घरधनीलाई  पुनर्निर्माण सम्पन्नताको प्रमाणपत्र दिइएको छ । 
९ सय २ मध्ये २ सय ३५ घरधुरीलाई प्रमाणप्रत्र हस्तान्तरण गर्दै पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले सिन्धुकोट पुनर्निर्माणको हिसाबले पहिलो वडा भएको बताउनुभयो । उहाँले पुनर्निर्माणलाई अझ तीव्र गतिमा अगाडि बढाउन आग्रह गर्नुभयो ।
अब प्रत्येक बस्तीमा एक एक वटा सामुदायिक हल निर्माण गरी विवाह ब्रतबन्ध जस्ता शुभकार्य त्यसै हलमा गर्नुपर्ने पनि बताउनुभयो । खानेपानी समस्या दुइ वर्षभित्र हल गनर्,े अहिले भएका काठको पोल हटाइ स्टिलको पोल राख्न पहल गर्ने बताउनुभयो । वडा नम्बर ५ का वडा अध्यक्ष सुदर्शन लुइँटेलले मोटरबाटो निर्माणका लागि सहयोग पाएकाले पुनर्निर्माणमा सहज भएको बताउनुभयो । घर निर्माणमा जाइकाले घुम्ती डकर्मी राखी  सहयोग गरेको थियो । 
केहिदिन अगि सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले भूकम्पपछिको पुनर्निर्माण सकेका प्रभावितलाई आवास निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरेको थियो । आवाशीय पुनर्निर्माण सकेका १ सय २८ भूकम्प प्रभावितलाई सम्पन्न प्रमाणपत्र वितरण गरेको थियो ।
त्यस्तै यस नगरकै वडा नं. १४ ले भूकम्प प्रभावितलाई निर्माण सम्पन्न प्रमाणपत्र वितरण थालिसकेको छ । उक्त वडाले यसै साता ४२ घरधनीलाई निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरेको अध्यक्ष शेर वहादुर श्रेष्ठले बताउनुभयो । भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.