शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचपोखरी थाङपाल गाउँपालिका १ बासखर्कको आयोजनामा विजया दशमि तथा दिपावलिको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पुर्ब कानुन  मन्त्री शेरबहादुर तामाङले बाँसखर्क वरुवा बाटोमा बजेट विनियोजन गरेको र अब थप बजेटका लागि पहल गर्ने बताउनुभयो । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले मातृ भाषाको शिक्षामा सहयोग गर्ने र आगामि बर्ष दाउचेत, क्यौरानी बरुवा सडकका लागि बजेट हाल्ने बताउनुभयो ।
कार्यक्रममा विलबहादुर रायमाझि, फुर्वा स्याङ्वो, सोमर बोम्जन लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.