भुकम्प पीडितलाई निर्माण सम्पन्न परिचयपत्र

लोकप्रिय समाचार/समयमानै नगरपालिकाको मापदण्ड र सरकारको निर्देशिका अनुसार भवन निर्माण सम्पन्न गरेका भुकम्प पीडितहरुलाई नगरपालिकाले प्रशंशा तथा भवन निर्माण सम्पन्न परिचय पत्र दिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ का पीडितहरुले यसरी प्रमाण पत्र पाएका हुन् ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ भित्र समयमा नै नक्शा पास गरी भवन निर्माण गरिसकेका भूकम्प पीडित लाभग्राहीहरुलाई  निर्माण सम्पन्न पत्र वितरण कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अमानसिं तामाङले नगरपालिकाको निर्णय सरकारको मापदण्ड बमोजिम समयमा नै भवन निर्माण गरेर सभ्य नागरिकको पहिचान दिन सफल भुकम्प पीडितहरुलाई धन्यवाद दिनुभएको थियो ।  वडा नं ५ का वडाध्यक्ष नरमान श्रेष्ठले नगरपालिकाको नीति र सरकारी मापदण्डलाई पालना गरेर समयमा भवन निर्माण गरेका पीडितहरुलाई धन्यवादसहित निर्माण सम्पन्न प्रमाण पत्र दिइएको बताउँदै सबै पीडितले तत्काल निर्माण कार्य सम्पन्न गरी  यो परिचय पत्र लिन आग्रह गर्नुभयो । 
उहाँले नगरपालिकाले निर्धारण गरेको एकिकृत सम्पती कर समेत समयमा बुझाएर  यस कार्यलाई सहयोग गर्न समेत अनुरोध गर्र्नुभयो । कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत इन्द्र बस्यालले सरकारले तोकेको मापदण्ड अनुसार भवन निर्माण गरेकाहरुलाई प्रमाण पत्र दिनका कारण बारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम वडा नं ५ को वडा कार्यलयमा भएको थियो ।  कार्यक्रममा १ सय २८ जनाले  निर्माण सम्पन्न परिचय पत्र लिएका थिए । 

,
Lokpriyasamachar@. Powered by Blogger.