आजको नेपाल लोकतान्त्रिक गणतान्त्रिक नेपाल

गंगाप्रसाद दुलाल- यो मुलुक शान्ति क्षेत्र घोषणा भएको हाम्रोदेश नेपाल आज सिंगो नेपाल अस्तव्यस्त हुनुको कारण के हो मलाई लाग्छ हाम्रो देशमा कम्युनिष्ट पार्टीको बहुमतको सरकारले देश चलाएको छ । के अब देशले ठुलो संकटलाई हटाएर नेपाली जनताको माझमा सुख शान्ति पायो त ? कमिसन, दलाल, ठगी, भ्रष्टचार, तस्करी, बलात्कारी यस्ता अपराधिक क्रियाकलाप जघन्य अपराध जघन्य अपराधीको जोखिमबाट यो देश र जनताले अब कैले मुक्ति पाउला । यिनैको बहुमतको सरकारले देश र  जनताको माझमा व्यवस्था गरेर नयाँ नेपाल बनाउने ढाँचा यो सरकारको अवस्था मैले देखेको छैन् ।
किन भन्नुस हिजो यिनै नेता सरकारको कुर्सी ओहोदामा नजाँदा हामी सबैलाई थाहा छ  नेपाली जनतालाई हरेक सुविधा दिनेछौ । गरिब भएर बस्नु पर्दैन् बेरोजगार भएर युवा बरालिनु पर्दैन । जो नेपालमा धनी छन्, जो भ्रष्ट छन्, जो शासक छन्, जो सामन्ती वर्ग छन् त्यो सबै कुराको अन्त्य हुन्छ । हामी बहुमतको सरकारमा गएपछि कारवाही गर्दछौ र नयाँ नेपाल सुन्दर नेपाली जनताको भविष्य उज्यालो उज्जवल बनाउँदछौ भन्ने नेताहरु देशको राज्य सत्ता हातमा बोकेर हिँडिरहेका छन् ।
तर मुलुकले न शान्ति पायो न नेपाली जनताले गाँस, बास र कपास पाएको छ ? यदि छ भने ३ करोड चानचुन नेपाली जनताको विचमा यो सरकारले कसम खाएर जनताको माझमा बोल्नु पर्दछ । होइन भने अब नेपालको र नेपाली जनताको भविष्य अन्धकारको चपेटामा फसिरहेको छ  ।
हाम्रो देशको बारेमा कुरा गर्ने हो भने २००७ सालको कुरा गर्नुस । २०१५ र २०१७ सालमा काँग्रस लगत्ते पञ्चायति व्यवस्था सँगसँगै २०३६ सालको आन्दोलनको अवस्था २०४६ सालको देशव्यापी रुपमा आन्दोलन सडक सडकबाट आन्दोलन गरेर नेपालमा बहुदल प्राप्त भयो ।
पञ्चायति व्यवस्था भङ्ग भयो २०४६ सालदेखि २०६३ सालको विचमा त्यो अवधिभित्र बनाएको संविधानले पनि देश र जनतामा शान्ति, सुसासको अनुभुति निकास पाउन सकेन । २०६३ साल पछाडि नेपालमा विभिन्न दलको आडमा नेपालको समृद्धि भाषा भाषि दलित, जनजाति, असहाय गरिवी बेरोजगारलाई समेटेर काम गर्न यो सरकारले सकेन ।
अब यस्तै गरेर जाने हो भने देश र जनताको अवस्था के होला के म प्रश्न गर्दछु ? कम्युनिष्ट भनेको के हो ? कम्युनिष्टले सरकारमा जानुभन्दा अगाडि चुनाव भन्दा अगाडि कुना काप्चाको झुपडिमा बसेका जनतासँग चुनाव जितेर हामी बहुमतको सरकारमा गएपछि त्यति बेला घोषणा पत्रमा  नेपालका कुनाकाप्चा देखि शहर सम्म, मेची देखि महाकाली सम्म हिमाल देखि तराईसम्म, मध्य पहाड देखि शहरसम्म, गाँउ देखि बेशीसम्म कस्तो काम  गर्छौ भनेर घोषणा पत्र उल्लेखित गरेर जनतामा टोल टोलमा गएर भाषण गर्नुभयो । चुनाव जितेर बहुमतको सरकार भएर बलियो सरकार भएपछि नेपाली जनतामा सुविधा कति छ, असुविधा कति छ ।
सरकारको ओहोदामा पुगेको नेपाल सरकाले कति विचार पु¥याउनु भएको छ ? यो नेपालमा बनेको संविधानलाई कानुनको दायरामा ल्याएर जुन खालको नेपालमा नसोचेको विकृति, हत्या हिंसा बलात्कारी, तस्करी, ठगी महंगी, भ्रष्टाचार, बेरोजगार संकट किन अन्त्य भएन ? नेपाल र नेपालीको नाममा खेलबाड किन हुन्छ । विदेशी शक्तिको हस्तक्षेपा किन बढ्छ ? अब सरकारले निकास दिनु प¥यो ।
देश र जनताको विचमा सरकारले न्याय नदिने हो भने अब भोलिको दिनमा देश कता जाने हो ? केहि बोल्न सक्ने अवस्था छैन । नेपाली जनताले बुद्धि पु¥याएर काम गर्ने बेला आएको छ । सरकारले सोच्नुपर्ने बेला भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)
चौतारा साँगाचोकगढी न.पा. वडा नं ७ कमिटि अध्यक्ष


Lokpriyasamachar@. Powered by Blogger.