समस्यामा लेखापढी व्यवसायी

लोकप्रिय समाचार/मालपोतमा लेखापढी व्यवसायी काम गर्ने लेखापढी व्यसायीहरुलाई सरकारले काम गर्न रोक लगाएपछि समस्यामा परेका छन् ।

खास गरी अनलाइनको माध्यमबाट मालपोतका जग्गा रजिष्ट्रेशन पास गर्ने लेखापढी व्यवसायीहरुको कुनै पनि भूमिका नरहने गरी सरकारले नयाँ व्यवस्था गरेपछि लेखापढी व्यवसायीहरू पनि सरकार प्रति आक्रोशित बनेका छन् ।


जिल्ला लेखापढी व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष हिराप्रसाद नेपालले बताउनुभयो । उहाँले सिन्धुपाल्चोकमा मात्र २ सय ३५ जनाले लाइसेन्स लिएर काम गरिरहेका सबैले सरकारलाई कर तिरिरहेकोमा एक्कासी ठूलो संख्यामा बेरोजगारी बनाएको बताउनुभयो ।

जिल्लामा मात्र २ सय ३५ जनाले सरकारसँग अनुमति लिएर काम गरहेको सरकारलाई कर तिरेको १ जनाले करिव ४ जना परिवार पालनपोषण गर्ने गरेकोमा सबैको पेटमा लात मार्ने काम भएकोमा दुःख लागेको बताउँदै सरकारले तत्काल यो निर्णय फिर्ता लिनु पर्ने बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.