मिनि ट्रक द’र्घटना, एकको मृत्य’, २४ जना घाइते


दिपक खत्री, लोक प्रिय समचार

सिन्धुपाल्चोक,जुगल गाउँपालिकाको याङ्लाकोट, जलबिरे हँुदै बाह्रबिसे गइरहेको मिनि ट्रक आज विहान पौने ११ बजेको समयमा भैंसेमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ . दुर्घटना हुँदा  बाराको जितपुर उप महानगरपालिका  स्थायी घर भएको अंन्दाजि ५२ . ५३ वर्षका लुते तामङ्गको घटना स्थलमा मृत्य’ भएको प्रहरीले जनाएको छ . अर्को गाडीसँग प्रतिस्पर्धा गर्दै आइरहेको बा४ख ९०१७ नम्बरको मिनि ट्रक सडकमै पल्टिदा २४ जना घाइते भएका छन् . भैंसेको मोडमा घुमाउन खोज्दा गति अनियंत्रित भई सडकमा नै मिनि ट्रक पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् . प्रहरीका अनुसार एकको घटनास्थलमै मृत्य’ भएको हो भने बाँकीलाई खाडीचौर उपचारर्थ लगिएको छ . जसमा ९ जनालाई थप उपचारका लागि काठमाडौ पठाईएको छ . जिल्ला प्रहरी कार्यलय सिन्धूपाल्चोकका अनूशार दुर्घटना भएलगत्तै चालक भने सुरक्षित निस्किएर फरार भएका छन् . सामान अनलोड गरी फर्किएको मिनि ट्रकमा याङलाकोट, जलबिरेबाट दसैंको आफन्त भेटघाटमा आएका यात्रीहरु रहेका  थिए . 



,
Lokpriyasamachar@. Powered by Blogger.