विद्युत चुहावट गर्ने तीन जनाबाट जरिवाना

लोकप्रिय समाचार/नेपाल विद्युत् प्राधिकरण मेलम्ची हेलम्बु वितरण केन्द्रले विद्युत् चुहावट गर्ने तिन जनाबाट एक लाख बढी रुपैयाँ जरिवाना असुल गरेको छ ।
विद्युत चुहावट गरेको भन्दै जिल्लाको हेलम्बु गाउँपालिका–३ पाल्चोकका गोपाल तोलाङ्ेबाट २८ हजार, कृष्ण तामाङबाट ६२ हजार र रामबहादुर नेपालीबाट ११ हजार गरी १ लाख १ हजार रुपैयाँ जरिवाना असुल गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणका कर्मचारीमाथि दुव्र्यवहार गर्ने तीन जनाले अब आइन्दा यस्तो नगर्ने प्रतिबद्धता पनि जनाएका छन् । केही दिनअघि मिटर जाँच गर्न जाँदा प्राधिकरणका कर्मचारी अमृत ढकाललाई तिनै जनाले दुव्र्यबहार समेत गरेका थिए ।
वडाध्यक्ष, प्रहरी प्रशासन, पीडित र भद्र भलादमीको उपस्थितिमा विद्युत् चुवावट गर्नेलाई जरिवानासहित सम्झाइबुझाई पठाइएको मेलम्ची हेलम्बु वितरण केन्द्रका प्रमुख बलराम नेपालले जानकारी दिनुभयो ।
आगामी दिनमा वडामा विद्युत् चुवावट कम गर्न सहयोग गर्ने कर्मचारीलाई सहजरुपमा काम गर्न वातावरण मिलाउने, कर्मचारीबाट गल्ती भए कार्यालयमा जानकारी गराउने सहमति गरिएको नेपालले बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.