६८ देशका प्रतिनिधीहरुले गरे नेपालको सामुदायक बिद्यालयको अबलोकन


लोकप्रियसमचार
टिच फर अर अन्तराष्ट्रिय सञ्जालको तिन दिन सम्म चलेको सम्मेलन  हिजो समापन भएको छ । नेपालको राजधानी काठमाण्डौमा भएको  सम्मेलनले सामुदायक बिद्यालयलाय अझ ब्यबस्थितका साथ सिकाइमा उपलब्धी मुलक बनाउन का लागी महत्वपुर्ण भुमिका निर्बाह गरेको छ ।


६८देशका ५००जनाको सहभागीतामा भउको सम्मेलनको आयोजक ः टिच फर अर विश्व सञ्जाल रहेको थियो भने सहआयोजकः टिच फर नेपाल रहेको थियो । मुख्य गरी केन्द्रमा समुदाय भन्ने मुल नाराका साथ टिच फर नेपालले नेपालको ग्रामीण समुदायका बिद्यालयहसँगको सहकार्यमा शिक्षण सिकाई कार्य गर्दै आएको र उक्त कार्यबाट अन्य देशहरुले पनि सिकी उनीहरुको देशमा समेत गुणस्तरीय शिक्षामा समुदायको सहभागितालाई के कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने जान्नको लागि नेपालमा पहिलो पटक यो अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।सामुदायिक बिद्यालयमा  शिक्षा बिकाशका लागी  कसरी अगाडी जान सकिन्छ भनेर  लागी  परिरहेको टिच फर नेपालले सिन्धु पाल्चोक  जिल्ला चौतारा साँगाचोक गढी नगर पालीकाको जनजागृती माध्यमि  बिद्यालय  लगाएतका बिदालयहरुमा स्थलगत भ्रमण गरेको छ ।  ः टिच फर नेपालले काम गरिहरेका बिद्यालय र समुदायमा समुदाय र बिद्यालयबीचको अन्तर सम्बन्ध, त्यसमा अभिभावक र विद्यार्थीको संलग्नता र यसले बालबालिकाको शैक्षिक गुणस्तरमा पारेका सकारात्मक प्रभावको अध्ययन गर्नु, आफ्ना बालबालिकाको भविष्य र उनीहरुको लक्ष्य निर्धारणमा शिक्षक र अभिभावकको भूमिका, बालबालिकाको शिक्षा र पढाइमा उत्प्रेरक तत्वको बारेमा बालबालिकासँग नै बुझ्नको लागि उनीहरुसँगै नै भेट्नु यो भ्रमणको मुख्य उद्धेश्य रहेको संस्थाले जनाएको छ ।
टिच फर नेपालले साझेदारितामा काम गरिरहेका विद्यालयबाट शैक्षिक कृयाकलापमा आएको सकारात्मक परिवर्तन र अनुकरणीय शैक्षिक अभ्यासको स्थलगत अध्ययन गरी त्यसलाई अन्य देश र तिनका सामुदायिक विद्यालय र समुदायमा समेत लागू गर्ने प्रयाश स्वरुप यो भ्रमण भएको हो । यस भ्रमण टिय सम्मेलनमा सहभागी विभिन्न देशका व्यक्तिहरुले विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य, प्रधानाध्यापक र अन्य शिक्षकहरु, शिक्षक अभिभावक संघ, अभिभावक र बिद्यालयसँग प्रत्यक्ष तर छुट्टाछुट्टै अन्तरकृया गरेका थिए । यसमा दोहोरो संवाद चलेको थियो । भाषाको लागि दोभाषेको व्यवस्था थियो ।
यो भ्रमणमा सिन्धुपाल्चोकका ९ वटा, ललितपुरको ४ वटा र काठमाडौंको १ वटा गरी जम्मा १४ वटा सामुदायिक विद्यालयमा एकैचोटी ५०० जनाले भेटघाट र अन्तरकृया गरेका थिए । सोही भ्रमणको क्रममा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको जन विकास मावि, नर्सरी, जनजागृति मावि, साँगाचोक, भीमसेन मावि, खत्रीथोक, रामदेवी मावि जल्केनी र कुण्डलादेवी मावि, ठूलोसिरुबारी रहेको थिए । साथै मेलम्ची नगरपालिकाको ईन्द्र्रेश्वरी मावि, मेलम्ची, तेर्से मावि, तालामाराङ, महाकाली मावि, बाँसबारी गिरानचौर र कालिका चेतना मावि, फटकशीला रहेका थिए । जनजागृति मावि साँगाचोकमा उक्त भ्रमण टोलीलाई पूmलमालाले स्वागत गर्दै प्रअ पदमप्रसाद पराजुली र विव्यस अध्यक्ष ईन्द्रबहादुर गिरी लगायत अभिभावक, बिद्यालयबीच लामो अन्तरकृया भएको थियो ।  यस क्रममा अन्य शिक्षकहरुबाट समेत शिक्षण सिकाइ प्रकृयामा आईपर्ने समस्याका बारेमा छलफल भएको थियो । छलफलमा विभिन्न देशबाट सहभागिता जनाएका व्यक्तिहरुले आ–आफ्ना अनुभव सुनाएका थिए । जसबाट दुबै पक्षले खुल्ला रुपमा सिक्ने र सिकाउने वातावरण सृजना भएको थियो । साँगाचोकको जनजागृती माध्यमिक बिद्यालयले शिक्षा बिकामा गरेको  प्रगतीका बारेमा सहभागहिरुले बिशेष चासो लिएका थिए भने बिब्यस अध्यक्ष गिरीलाइ ब्यबस्थीत ब्यबस्थापनका साथ सिकाइको ब्यबस्था गरेकोमा बिशेष धन्यबाद समेत दिइएको थियो ।   टिच फर नेपाललेनेपालको ग्राणीण समुदायको विद्यालयमा २०७० सालदेखि शैक्षिक अभियान शुरु गरी बि.संं. २०७१ सालदेखि सिन्धुपाल्चोकको सामुदायिक विद्यालयहरुमा काम गरिरहेको छ । संस्थाले  समुदाय, बिद्यालय, गाउँपालिका, नगरपालिका, शिक्षा विभागसँगको साझेदारितामा यस जिल्लामा १७ वटा बिद्यालयमा ३७ जना प्रज्ञार्थी शिक्षकहरु उपलब्ध गराएको छ ।  देशभरि  ६ वटा जिल्लाका ५१ वटा सामुदायिक विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म शिक्षण गर्नका लागि अंग्रेजी, गणित र बिज्ञानका शिक्षकहरु उपलब्ध गराउँदै आएको छ । विद्यालयमा पठाउनु पूर्व  संस्थाले आफ्ना प्रज्ञार्थीहरुलाई ६ हप्ते पूर्व सेवाकालिन तालिम समेत उपलब्ध गराइने गरेको संस्थाका सामुदायक मामिला ब्यबस्थापक खिका प्रसाद नेपालले बताउँनु भयो ।

Lokpriyasamachar@. Powered by Blogger.