‘समस्याका समाधान गर्न पालिका तयार’

नगरका नागरिकहरुका समस्या तथा सफा नगरका लागि गरिने हरेक कार्यक्रमलाई नगरपालिकाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सधै सहयोग गरिरहने बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले बताउनु भएको छ ।

विजयदशमी तथा दिपावीलको अवसरमा नगरपालिकाबाट आयोजना गरिएको शुभकामना  आदनप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उपस्थित नगरवासीहरुलाई उहाँले विजया दशमीको अवसरमा मात्र नभई अघिपछि पनि आफ्नो घर आँगन टोल सरसफाई गरेर नेपाल सरकार तथा नगरपालिकाले तयार गरको मापदण्ड अनुसार स्थायी र व्यवस्थित बसोबासको व्यवस्था गर्न सबै लागिपर्न अनुरोध गर्नुभयो ।
समृद्ध र सफा नगरको परि कल्पनाका साथै विकासमा अघि बढिरहेको नगरपालिकालाई सबैले सहयोग गरेर गन्तव्यमा पु¥याउनको निमित्त आग्रह गर्नुभयो । 
कार्यक्रममा बोल्दै उपप्रमुख शुशिला पाख्रिनले विजया दशमीको अवसरमा सबै नगरवासीले सरसफाइ तथा शान्ति सुरक्षामा पनि चनाखो रहेर चाडवाड मान्नुपर्ने बताउनुभयो ।
शिक्षविद् यमबहादुर बस्नेतले विजया दशमीको अवसरमा आयोजना गरिएको शुभकामना आदनप्रदान कार्यक्रमले  नगरवासिहरूमा सरसफाइको अभियानमा समेत अझ बढि सक्रियता बनाएको बताउँदै नगरले लिएको शिक्षा नीतिलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनु पर्ने बताउनुभयो  ।
प्रमुख प्रशाशिकय प्रमुख फणिन्द्रप्रसाद पौडेलले नगरपालिकाबाट गर्नुपर्ने नागिरकका काममा कुनै पनि ढिलासुस्ती हुन नदिन नगरपालिकाले विशेष कार्यक्रम गिररहेको बताउनु भयो ।

उघोग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बाह्रबिसे नगरपालिकाले विजया दशमीको मुखमा आएर गरेका यो कार्यक्रमले सबै उद्योग व्यवसायी एवम् नगरबासीहरू बिच अझ अगाडि  बढ्न उर्जा मिलेको बताउनुभयो ।
कार्यक्रम नगरपालिकामा भएको थियो ।

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.