‘सबै मिलेर समाज विकास गरौं’

समाजमा सबै मिलेर विकासका कामहरूमा अगाडि बढ्न सके समाज विकासमा छिट्टै परिवर्तन हुने पूर्व मन्त्री मन्त्री महोनबहादुर बस्नेतले बताउनुभएको छ ।
बाह्रबिसे काठमाडौं सम्पर्क समाजले आयोजना गरेको  शुभकामना आदनप्रदान कार्यक्रमको प्रमुख अतिथि को आसनबाट बोल्दै उक्त कुरा बताउनु भएको हो ।
बाह्रबिसे काठमाडौं सम्पर्क समाजका अध्यक्ष शोभितमान श्रेष्ठको सभापतित्वमा भएको बाह्रबिसेमा संस्थाका सचिव  विष्णुलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । अरनिको क्याम्पसका प्रमुख तथा शिक्षाविद् यमबहादुर बस्नेत, समाजसेवी तथा हरिमाया फाउण्डेशनका सदस्य  हेमन्त श्रेष्ठ, समाजसेवी हरिशरण श्रेष्ठ,  वडा नं. ४ का वडाध्यक्ष ज्ञानेन्द्रप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिँदै बिजया दशमीको समयमा सबैले विकासका काममा कसरी अगाडि बढ्ने भन्ने विषयमा चिन्नित रहनुपर्ने बताउनुभएको छ ।
उहाँले बाह्रबिसे बजारको भिवष्य  बिग्रँदै गएको छ, यसको भविष्य निर्माणका लागि  सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।
विकासका काम कसरी भईरहेको छ भन्दै बाह्रबिसेमा गरिरहेको कालोपत्रे काम कमशल भयो यसलाई बाह्रबिसेवासीले  निजकबाट हेरेर स्तरिय कामका लागि लाग्नु पर्ने बताउनुभयो । मलाई सबभन्दा बढि बाह्रबिसे बजारको माया लाग्छ मलाई पनि बजाबासीले माया गरेका कारण सबभन्दा पहिले यहाँको स्थायित्वका लागि आफू लागिपरेको  बताउनु भयो ।
उहाँले निर्वाचित भएका व्यक्तिहरूले सबैभन्दा पहिले बाह्रबिसेको स्थायित्वका लागि लाग्छु भनेका मानिस अहिले कहाँ छन् भन्नुहुँदै विकासका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।
समाजका सदस्य नवीन श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रेमध्वज लामा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परम्परा र संस्कृतिलाई संरक्षण गर्नुपर्ने भन्दै बाह्रबिसे समाजले बनाएको लिङ्गे पिङको समेत बस्नेतले अबलोकन गरि पिङसमेत खेल्नुभएको थियो ।
सो अवसरमा नेता प्रेमध्वज लामाले विगतका दिनहरूमा जस्तै संस्कारलाई झल्किने काम गरेकोमा समाजलाई धन्यवाद समेत दिनुभयो ।








,
Lokpriyasamachar@. Powered by Blogger.