लोकतन्त्रको दुरुपयोगले मुलुकमा छाडापन बढ्यो नेपाल, सबै प्रदेशमा सकियो स्थानिय निकायहरुको प्रमुखको सम्मेलन



बिष्णु निश्चल
नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले  लोकतन्त्रको दुरुपयोग गदै मुलुकमा छाडापन हाबी भएको बताउँनु भएको छ  ।  युनिर्भसल पीस फेडेरेसन नेपालले आईतबार राजधानीमा आयोजना गरेको स्थानिय निकायहरु प्रमुख तथा उपप्रमुखको  सम्मेलनलाई सम्बोधन गदै  उँहाले यस्तो बताउँनुभएको हो ।(क्ष्ब्ःए) स्थापना गर्ने विषयमा ऐक्यबद्धता जनाएका थिए ।सम्मेलनको आयोजना संयुक्त राष्ट्र संघमा आवद्ध संस्थायुनिर्भसल पीस फेडेरेसन (ग्एँ) र सांसदहरूको अन्तर्राष्ट्रिय मञ्च (क्ष्ब्एए)ले संयुक्त रुपमा गर्नु भएको थियो । दुई सयभन्दा बढी स्थानिय निकायका प्रमुख तथा उपप्रमुखहरुको भेलामा गायक आन्नद कार्कीले साँङ्गगेतिक प्रस्तुति दिनुभएको थियो  ।

  नेता नेपालले  स्थानिय तहमा भष्ट्रचार बढ्दै गएको तर्फ ईकीत गदै यसबाट जोगिन जनप्रतिनिधीहरुलाई आग्रह गर्नु भयो  । उँहाले जनताको समस्या पहिचान गरि त्यसको समाधानमा आग्रह गदै समाजलाई एकताबद्ध बनाउन सकल्प लिए असम्भब नरहेको बताउनु भयो  । नेता नेपालले निकट भबिश्यमा नेपालमा एशिया प्यासपिक सम्मेलन हुन लागेको बताउदै सो सम्मेलमा ७० देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख तथा पूर्व प्रमुखहरुको सहभागिता रहने त्यसले नेपालको प्रतिष्ठा बढाउने र नेपालले प्राप्त गरेको उपलब्धी बिश्वमा फैलाउन महत्वपूर्ण फोरम भएको उल्लेख गदै त्यसलाई सफल बनाउन  जनप्रतिनिधीहरुको पनि महत्वपूर्ण भूमिका रहेको बताउँनु भयो  ।  कार्यक्रमा नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले  ७ बटै प्रदेशमा स्थानिय निकायहरुको सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको भन्दै यसबाट जनप्रतिनिधिहरुलाई आफनो नगरको बिकासमा थप जिम्मेबार  भएर लाग्न प्रोत्साहित गरेको बताउानु भयो  । नेपाल सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल  भन्ने नारालाई सार्थकता प्रदान गर्नका लागि पारिवारिक मूल्य–मान्यता र असल संस्कारलाई बढावा दिन यो कार्यक्रम फलदायि हुने बताउँनु भयो  । काठमाण्डौ महानगरपालिकाका प्रमुख बिध्या सुन्दर शाक्यले शान्ति बिना दिगो बिकास सम्भव नभएको उल्लेख गदै जनप्रतिनिधीहरु र कर्मचारीहरुको बुझाई फरक रहेकाले जनताको चाहाना अनुसार काम हुन नसकेको जानकारी दिनु भयो  ।अधिवक्ता गोबिन्द शर्मा बन्दी संविधान र नयाँकानुनको कार्यान्वयनका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यस्तै गरी आफ्नो नगरपालिका  र गाउँपालिकामा कुन किसिमको विकासको नमुना अभ्यास गर्ने भन्ने विषयमा प्रा.डा चन्द्रमणी अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एव ंपारिवारिक सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्ने बारे अन्तर्राष्ट्रिय विज्ञ डा. रोर्बट एस किट्टेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सम्मेलनमा उपस्थित सम्पूर्ण प्रदेशका स्थानीय निकायका प्रमुखहरूले स्थानीय तहको विकास र समृद्धिको उद्देश्यले‘शान्तिका लागि नगर प्रमुखहरूअन्तर्राष्ट्रिय संगठन



, ,
Lokpriyasamachar@. Powered by Blogger.