टिआई नेपालको अन्र्तक्रिया सम्पन्न

लोकप्रिय समाचार/विनासकारी भूकम्पपछि सिन्धुपाल्चोकमा तत्कालिन राहत तथा उद्वार, अस्थायी आवास, निजि तथा विद्यालय पुनर्निमार्ण, तथा पुर्नलाभमा काम गरेका गै.स.स.हरुसंगको एक अन्र्तक्रिया सम्पन्न भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भुकम्पछिको पुननिमार्ण र पुनस्र्थापनामा सदाचार कार्यक्रम को आयोजनामा गै.स.स. महासंघको समन्वयमा तत्कालिन राहत तथा उद्वार, अस्थायी आवास पुनर्निमार्ण, तथा पुर्नलाभमा काम गरेका गै.स.स.हरुसंग संस्थाको संस्थागत प्रगति तथा कार्य गर्दा व्यहोर्नु परेका चुनौतिका बारेमा छलफल गरिएको थियो  ।

विभिन्न गैर सरकारी संस्थाहरुले गरेका कामहरु सह्रानीय हुँदा हुँदै पनि केहि संस्थाहरुले विना समन्वय कार्य गरेको हुनाले सामाजिक संस्था प्रति आम नागरिकको नकारात्मक बुझाई बढ्दै गएको कुरा औलाउँदै स्थानीय सरकार र सरोकारवालाहरु विचमा सुमधुर सम्बन्ध कायम राख्दै आगामी दिनमा संस्थाले गर्ने  क्रियाकलापहरु सञ्चालन गर्न ध्यानाकर्षण गराइएको थियो । कार्यक्रमा निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले नेपाल कानुनी शासनमा चलेकोले संस्थाहरु पनि आफुना कानुन अनुुसार कार्य गर्न अनुरोध गर्नु भएको थियोे ।  गै.स.सहरु आफै नियममा बाँधिएकाले नियमलाई पालना गर्न सके कहि कतै पनि संस्था बारे प्रश्न नउठ्ने बताउनु भयो ।
त्यस्तै गै.स.स. महासंघका सल्लाहकार समित संयोजक सोम सापकोटाले विद्यालय पुनर्निमार्णमा पछिल्लो पटक वेथिती बढेकोले चिन्ता व्यक्त गनूृ भयो । हालकै कार्य गतिले हेर्ने हो भने आगामी पौष मसान्त भित्र सकिसक्नु पर्ने एडिबिको सहयोगमा बन्न लागेको विद्यालय समयमा नै बन्न नसक्ने ठोकुवा समेत गर्नुभयो । कार्यक्रम निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको विषेश आतिथ्यता, गैर सरकारी संस्था महासंघ सिन्धुपाल्चोकका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्र पौडेलको अध्यक्षतामा भुकम्पछिको पुननिमार्ण र पुनस्र्थापनामा सदाचार कार्यक्रमका जिल्ला अधिकृत उमेश विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसै गरि कार्यक्रममा सहभागिहरुले यो कार्यक्रम आयोजना गरेको मा धन्यवाद दिदै आगामी दिनहरुमा स्थानीय सरकारका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुसंग ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले समय समयमा यस्तै प्रकारको अन्र्तक्रिया कार्यक्रम सञ्चालन गर्न सुझाव समेत दिएका थिए ।

,
Lokpriyasamachar@. Powered by Blogger.