दोषीलाई कारवाही गर्न जिससको माग

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले समन्वयका सदस्य देश बहादुर तामाङलाई बेयर र कुकुरी प्रहार गरी घाईते बनाएको घटनामा अविलम्ब दोषिलाई प्रक्राउ गरी कारवाहि गर्न माग गरेको छ ।
समन्य समितिका उपप्रमुख बालकुमारी सापकोटाले विज्ञप्ति जारी गर्दै २६ गते दिउसो २ बजेको समयमा मेलम्चीको बाहुनेपाटिमा अराजक तत्वको जमातबाट खुकुरी प्रहार गरी समितिका सदस्य तामाङलाई घाईते बनाएको भन्दै जनप्रतिनिधि माथिको हमलाको निन्दा गरेको छ । साथै विज्ञप्ति मार्फत दोषिलाई कडा कारवाहिको माग गरीएको छ ।
उपप्रमुख बालकुमारी सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– हाम्रा जिल्ला समन्वय समितिका सदस्य देशबहादुर तामाङ माथि मिति २०७५÷०७÷२६ गते दिउँसो २ बजेको समयमा मेलम्ची नगरपालिका स्थित बाहुनेपाटीमा अराजक तत्वहरुको जमातबाट खुकुरी प्रहार गरी घाइते बनाएको खबरले हामीलाई दुःखी एवम् मर्माहत तुल्याएको छ । जनप्रतिनिधिमाथि भएको यस दुखद घटनाको जति निन्दा गरेपनि कमि हुन जान्छ । यस घटनाप्रति विरोध जनाउँदै घाइते सदस्य देशबहादुर तामाङको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दोषी उपस कडा भन्दा कडा कानुनी कारवाही गरी पाउन जोडदार माग गर्दछौं विज्ञप्तीमा भनिएको छ ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देश बहादुर लाई आफ्रनै भाईले हिजो वेयरको बोतलले हान्दा घाईते भएका थिए । बाटोको विषयलाई लिएर ईन्द्रावति गाउपालिका ५ बस्ने ३२ वर्षका अर्ण बहादुर तामाङले दाजलाई बेयरको बोतलले हिर्काएका थिए । टाउकोमा चोट लागेर घाईते भएका  देश बहादूर तामाङको अहिले धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.