गौरातीभिमेश्वरको मेलाले जिल्लाकै पहीचान बोकेको छ लामा

सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगचोक  नगरपालीका अन्तरगत पर्ने गौराती भिमेशवरको मेला यही मंसीर ७ गते  लाग्ने भएको छ । त्यही सन्धर्भलाइ लिएर ःश्री गौरती भिमसेन विकास युवा मञ्चका अध्यक्ष  वाङगेल लामा सँग गरिएको छोटो कुरा कानी

. यो सस्था कहिले स्थापना भएको हो
– पहिले श्री गौरती भिमेश्वर युवा क्लबवाट सञ्चालन हुदै आएकोमा हामि सवैको सहमतिवाट यो बर्ष देखी श्री गौरती भिमसेन विकास युवा मञ्च नामाकरण गरी सञ्चालनमा ल्याएका छौँ ।
 यो सस्थाले गर्ने कामहरु के के हुन्

– बिशेष गरि  जिल्लाकै पहिचान बोकेको एती हासिक  तिर्थ स्थल गौरातीको संरक्षण प्रचार प्रसारका लागी पनी यो संस्थाको स्थपना भएको हो र त्यही अनुरुपमा यो संस्थाले काम गरिरहेको छ । यो सस्थाले विशेष गरी गौरती भिमसेनको नामवाट सञ्चालन गरेको हुँदा हामिले गौरती मन्दिरको प्रचारप्रसार गर्ने, मन्दिर विकासका कामहरु गर्ने, समय समयमा कार्यक्रमहरु सञ्चालन गर्ने र मेला व्यवस्थित गर्नका लागि गर्नुपर्ने सबै किसिमका प्रयत्नहरु गर्ने,गरेका छौ ।
भाबी योजना के रहेको छ
हामीले खाश गरिकन गौराती मन्दीरलाइ संरक्षण र यस मन्दीर प्रती रहँदै आएको बिश्वास लाइ स्थाइत्व दिदै अझ बढी ब्यबस्थित र साँच्चीकै  मन्दीरको महत्व र यसको  बारेमा बढी बढी भन्दा बढी मानीसलाइ जानकारी दिएर मन्दीरमा दर्शन गर्न आउँने  दर्शनार्थीहरलाइ यँहाको बारेमा र याँहाको परम्परागत सत्यतालाइ समेत  स्थाइतव गरेर राष्ट्र्यि तथा अन्तराष्ट्र्ीय क्षेत्रमा पहिचान गराउँने योजना   रहेको छ । मन्दिरलाई विकास गराउन अझै योजनाहरु बनाउने गरेका छौँ, सबैको सहयोग पाएमा हामी मन्दिरलाई देशकै महत्वपुर्ण धार्मिक स्थलका रुपमा परिचित गराउने छौँ
यो बर्ष मेला व्यवस्थित गर्न के के कार्य गर्नुहुन्छ
– हामीले यो मेलालाई व्यवस्थित गर्नका लागि सबै किसिमवाट प्रयत्न गरेकाछौ, हामीलाई गत बर्षदेखि नै चौतारा साँगाचोकगढी नगरपालीकावाट सहयोग प्राप्त हुदै आएको छ । मन्दिर रंग रोेगन गर्नका लागि यो बर्ष थापा ईन्टरप्राइजेजले रंग सहयोग गर्ने भएको छ । गत बर्ष पनि थापा ईन्टरप्राइजेजले धेरै कुरामा सहयोग गर्नुभएको थियो । मेला व्यवस्थित गर्नका लागि कार्तिक  २९ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वैठक सम्पन्न भएको छ । त्यस वैठकमा महत्वपुर्ण निर्णयहरु पनि भएको हुदा गत बर्षभन्दा यो बर्ष मेला अझै व्यवस्थित हुने कुरामा हामी ढुक्क छौँ । जिल्ला प्रहरी कार्यलयले कडाइका साथ सुरक्षा ब्यबस्था गर्ने भएको छ । सरसफाइ लगाएत खानेपानीको ब्यबस्था गरिएको छ ।स्वास्थ्य शिबिर समेतको ब्यबस्था गरिएको छ। चौतारा अस्पतालले उक्त मेलाभर   डक्टरको सुबिधा दिने भएको छ भने चौतारासाँगाचोकगढी नगरपालीकाले निशुल्क औषधीको ब्यबस्था गर्ने भएको छ । हामीले  पार्कीङ्गको ब्यबस्था समेत मिलाएका छौ सकेसम्म आगन्तुकहरुलाइ कुनै पन िसमस्या भएको अनुभब हुन नदिने र साँच्चीकै मर्यादित  र ब्यबस्थित मेला सम्मन्न गर्ने योजनामा लागेका छौ ।
गत बर्ष कति भक्तजन आउनुभएको थियो र यो बर्ष कति भक्तजन आउने अनुमान भएको छ
हामीले यतिनै भक्तजन आउनुभएको छ भनेर यकिन त गर्न सक्दैनौ तै पनी गथत बर्ष  ५० देखि ५५ हजार का हाराहारमिा भक्तजनहरुले भिमसेनको दर्शन गरिएको अनुमान गरीएको छ । यो बर्ष गत बर्षभन्दा अझै बढी भक्तजन आउने अनुमान गरेका छौँ ।गत बर्ष जस्तै यस बर्ष पनी  मनोरन्जात्मक सँँस्कृती कार्यक्रम गर्ने छो । जसमा स्थानीय  राष्ट्र्यि ख्याती प्राप्त कलाकारहरुले  कायृक्रममा सहभागीता जनाउँने भएका छन ।
यो बर्ष सुरक्षाको व्यवस्था कसरी गर्दै हुनुहुन्छ
– हाम्रो यस सस्थामा रहेका युवाहरु र चौतारावाट नेपाल प्रहरी मेला अवधि भर सुरक्षको लागि ठाउँ ठाउँमा वस्ने र सबैलाई सुरक्षितका साथ मेला हेर्न सहयोग पु¥याउने छौँ । हामीले यो मेलालाई विशेष गर्नका लागि व्यपार गर्ने व्यपारीहरुलाई स्टोरको व्यवस्था गरेका छौँ । दर्शन गर्नका लागि लाइन मिलाउने सवारी साधनको लागि पार्किङ्को व्यवस्था मिलाउने अस्थायी सौचालयको व्यवस्था मिलाउने अस्थायी स्वास्थ्य चौकिको व्यवस्था मिलाउने खानेपानीको व्यवस्था मिलाउने जस्ता कार्यहरु गर्ने छौँ ।
यो मेलाको वारेमा अन्त्यमा केहि भन्नु हुन्छ
– यो मेला हामी गौरती वासीको मात्र नभई सिङ्गो जिल्ला वासी कै गौरवको रुपमा रहि आएको हुँदा सवैले मेला सफल वनाउनका लागि सहयोग गरिदिनु हुन्छ भन्ने अपेक्षा गरेका छौँ । यही अपेक्षालाइ जिल्लाबासलिे पनी गतबर्षहरमा सहयोग गरेका थिए यस बर्ष पनी मेलामा आउँनेहरु अनुशाशति र सभ्य तरिकाले आउँने छन  र जिल्लाको पहिचानको लागी पनी बिशेष सहयोग गर्ने छन भन्ने बिश्वासका साथ मेरो भनाइ लाइ  याँहको लोकप्रिय सञ्चार माध्यमबाट राख्ने मौका दिनु भएकोमा  लोकप्रिय दैनिक पत्रिका र हरेक कार्यमा सहयोग गर्ने मेरा सस्थाका सबै साथीहरु आर्थिक तथा सल्लाह सुझव दिएर सहयोग गर्ने चौतारा सागाचोकगढी नगरपालिका मन्दिरको लागि रंग सहयोग गर्नुहुने थापा ईन्टरप्राइजेज मेला अवधिभर सुरक्षा दिनु हुने नेपाल प्रहरी, सरसफाई तथा रंगरोगनका कार्यमा सहयोग गर्नुहुने नेपाली सेना मेलाको प्रचारप्रसार गर्न सहयोग गर्नुहुने सञ्चार माध्यमहरु  स्वास्थ्य सेवा उपलब्ध गराउँनु हुने चौतारा अस्पताल लगाएत जिल्ला स्थित सरकार ितथा गैर सरकारी संस्थाहरु सबैलाइ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.