इन्द्रावती गाँउपालीकाको वडाअध्यक्षको मृत्यु प्रहरी द्धारा अनुसन्धान जारी


सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालीका स्थित वडा नं ८का वडाध्यक्ष धनबहादुर श्रेष्ठको शब  फेला परेको  छ। जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चकोकका अनुसार सोही गाँउ.पालिका वडा नं .११ सेतीदोभान स्थित झोलुङ्गे पुलमुनी ईन्द्रावती खोलाको बिचमा पुरुष ब्यक्तिको मृत लाश फेला परेको भनि प्रहरी कार्यलयमा  टलिफोन मार्फते. जानकारी प्राप्त भएको थियो । जानकारी प्राप्त हुनासाथ ई.प्र.का नवलपुर  बाट प्रहरी टोली र जि.प्र.का बाट प्र.नि.को कमाण्डमा टोली खटि गई बुझ्दा उक्त लाश  जि.सि.पा.ईन्द्रावती गा.पा.वडा नं. ८ को वडा अध्यक्ष ६६बर्ष का  धन बहादुर.श्रेष्ठको भएको जानकारी भएको थियो । जिल्ला प्रहरीकार्यलयका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बिमलराज कर्णेलका अनुसार सो घटनाबारेमा प्रहरीले बिशेष अनुसन्धान गरिरहेको छ। ,प्रहर िकार्यलयमा आउको जानकारी अनुसार श्रेष्ठ मंसरि १ गते बिहान ४ बजे उठेर  घरबाट हिडेकोमा फोन सम्पर्कमा नआएको, प्रहरी,आफन्त र स्थानियहरुले खोजी गर्ने क्रममा मृत अवस्थमा फेला परेको  थियो । , लास पोसमार्टमको लागि प्राथमिक स्वास्थ केन्द्र मेलम्चि पठाईएको छ भने पोसमार्टमको रिपोर्ट आएको छैन। यस घटना प्रतीइन्द्रावती गाँउपालीकाले गहरिो दुख ब्यक्त गर्दै मृतकको आत्मा शान्तीको कामना गर्दे बास्तबिकताको खोजि गरिरहेको जनाएको छ । गाँउ पालीका  अध्यक्ष बंशलाला तामाङ्गले यो कल्पना पनी गर्न नसकिने घटना घट्यो यस प्रती सिङ्गो गाँउपालीका दुखीत छ भन्नु भयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.